अनुसन्धान जारी

मेचीनगरमा सवारी दुर्घटना हुँदा एक घाइते

बिर्तामोड, ४ पुस । झापाको मेचीनगरस्थित भित्री सडकमा दुर्घटना हुँदा एकजना सामान्य घाइते भएका छन् । शुक्रबार साँझ ५ः३० बजे धुलाबारी–शान्तिनगर सडक–खण्डमा दुर्घटना भएको छ।

धुलाबारीबाट मंगलबारेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१ ह ७७८३ नम्बरको तीन पांग्रे अटो रिक्सालाई विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–१६ प ४७७४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

स्थानीयबासीका अनुसार दुर्घटनामा मेचीनगर–९ खुट्टीडाँगी नजिकै भएको हो । तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई अटो रिक्सालाई ठक्कर दिएको बताइएको छ । दुर्घटनामा मोटरसाइकल लगभग दुई टुक्रा भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अटो रिक्सा चालक बुद्धशान्ति–४ का ३० वर्षीय राज जोशी सामान्य घाइते भएका छन् । उनको निधारमा चोट लागेको छ । मोटरसाइकाल चालक बुद्धशान्ति–५ का २३ वर्षीय युवराज खतिवडा सकुशल रहेको प्रहरीले जनाएको छ् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी