चुनाव १८ गते

दमक उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्बजनिक

निर्वाचनको मतदान बाहेकका सबै कार्यक्रम उद्योग वाणिज्य संघकै कार्यालयमा हुने

दमक, ६ पुस । दमक उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरिएको छ।

संघको कार्यसमितिको नया नेतृत्व चयनकालागी आगामी पौष १८ गते शुक्रबारकालागी मतदानको मिति तोकिएको छ ।

निर्वाचन समितिका अनुसार निर्वाचन प्रक्रिया अन्तर्गत पौष ७ गते सोमबार बिहान साढे १० बजे मतदाता नामावली प्रकाशन गरिने छ।

यसको भोलिपल्ट अर्थतन्त्र ८ गते बिहान साढे १० बजे देखी दिउँसोसा साढे २ बजेसम्म नामावलीमाथि दाबी विरोध दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।

यस्तै पौष ११ गते बिहान साढे १० बजे देखि दिउसो साढे २ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गरिने छ भने सोही दिन अपरान्ह ४ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

यसको भोलिपल्ट अर्थात १२ गते शनिबार बिहान साढे १० बजे देखि दिउसो साढे २ बजे सम्म उम्मेदवार उपर दावी बिरोध पेश गर्न सकिने र सोही दिन दिउँसो साढे ३ बजे उम्मेदवारहरुको नामावली प्रकासन गरिने निर्वाचन समिती संयोजक लिला प्रसाद गुरागाईले जानकारी गराउनु भयो ।

यस्तै उम्मेदवारहरुले गरेको मनोनयन फिर्ता गर्ने पनि समय छुट्याइएको छ । यसकालागी पुस १३ गते आइतबार बिहाआ १०:३० देखि अपरान्ह ४ बजेसम्मकालागी समय निर्धारण गरिएको छ भने सोही दिन अपरान्ह साढे ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने मिति तय गरिएको जनाईएको छ । र १८ गते बिहान ८ बजे देखी दिउँसो ३ बजेसम्म निर्वाचनको समय तोकिएको छ ।

निर्वाचनको मतदान बाहेकका सबै कार्यक्रम उद्योग वाणिज्य संघकै कार्यालयमा हुने जनाईएको छ भने मतदानकालागी मतदान स्थलको खोजी कार्य भईरहेको संयोजक गुरागाईले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ

बाजुरामा चट्याङले ठुलो क्षति, ३९ बाख्राको मृत्यु

बाजुरा,१७ वैशाख । बाजुरामा चट्याङ लागेर ३९ बाख्रा मरेका छन् । बुधबार दिउँसो बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित राउते ओडार भन्ने स्थानमा चट्याङ पर्दा ठुलो

तीन वर्ष देखी डर र चीन्ता बोकेर बस्नु भएकी अम्बिकाले पाउनु भयो छुटकारा

दमक,१७ वैशाख । दमक २ कि अम्बीका बिक । आर्थीक रुपमा विप्पन्न हुनुहुन्छ । भएका सन्तानहरु कहाँ छन् अत्तोपत्तो छैन । श्रीमानले पनि खास काम

नीतिगत जटिलता हटाउन सरकारले चाल्यो महत्त्वपूर्ण कदम

काठमाडौं,१७ वैशाख । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलताहरू हटाउन महत्त्वपूर्ण कदम चालेको दाबी गर्नु भएको

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त