पार्टीको नीति र निर्णय विपरीतका गतिविधि गर्ने जोसुकैलाई पनि कारबाही गर्ने शेरधन राईको चेतावनी

विराटनगर,८ पुस । नेकपा एमालेका नवनिर्वाचित सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टीको नीति र निर्णय विपरीतका गतिविधि गर्ने जोसुकैलाई पनि कारबाही गरिने चेतावनी दिनु भएको छ।

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै इन्चार्ज राईले नेकपा एमाले संस्थागत निर्णय र पद्धतिमा चल्ने पार्टी भएकाले पार्टीभित्रै रहेर पार्टीकै हितविपरीत काम गर्ने वा संस्थागत निर्णयलाई चुनौती दिने छुट कसैलाई नभएको स्पष्ट पार्नु भएको छ । उहाँले पार्टीको नीति, उद्देश्य र अभियानमा बिना सर्त सहभागी हुनुपर्ने उल्लेख गर्दै यदि कसैले फरक ढंगले प्रस्तुत हुने वा पार्टीको विधिको अवज्ञा गर्न खोजेमा विधान बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने बताउनु भयो ।

११ औँ राष्ट्रिय महाधिवेशनले नेकपा एमालेलाई थप एकताबद्ध बनाएको दाबी गर्दै नेता राईले एमाले विभाजित हुने विपक्षीहरूको सपना चकनाचुर भएको बताउनु भयो । उहाँले महाधिवेशनले नयाँ म्यान्डेट र उत्साह प्रदान गरेको र पार्टी अब सशक्त ढंगले जनताको बीचमा जाने उल्लेख गर्नु भएको छ ।

पार्टीमा कुनै पनि प्यानल वा गुटको अस्तित्व नरहेको र निर्वाचनमा सहभागी सबै सदस्यहरू पार्टीकै विधि र प्रक्रियामा बाँधिनुपर्नेमा उहाँले जोड दिनु भयो । एमाले १५ दिनभित्र निर्वाचन भए पनि सामना गर्न सक्ने गरी तयारी अवस्थामा रहेको भन्दै उहाँले वर्तमान सरकारले चुनावलाई आफ्नो अनुकूलतामा प्रयोग गर्न खोजेको आरोप समेत लगाउनु भएको छ ।

यसैगरी, राईले लोकतन्त्र र संविधानको रक्षाका लागि कोशी प्रदेशका १४ वटै जिल्ला र प्रमुख सहरहरूमा विभिन्न स्वरूपका आन्दोलनहरू सुरु गर्ने घोषणा गर्नु भयो । विगतमा भएका अराजक गतिविधि र हिंसा रोक्न एमालेले नागरिक सुरक्षाको जिम्मेवारी बहन गर्दै आन्दोलनमा उत्रने उहाँको भनाइ थियो। प्रदेश सरकारको सन्दर्भमा मन्त्रिमण्डल पुनर्गठनको बेला भइसकेको उल्लेख गर्दै उहाँले यसबारे मुख्यमन्त्री र अन्य सरोकारवाला दलहरूसँग परामर्श गरी उपयुक्त समयमा निर्णय लिइने जानकारी दिनु भयो। नेकपा एमाले अहिलेको परिस्थितिमा एक ढिक्का रहेको र आगामी निर्वाचनमा प्रमुख शक्तिको रूपमा स्थापित हुने उहाँले विश्वास व्यक्त गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा