श्रम स्वीकृति प्रक्रियालाई स्थानीय तहसम्मै पुर्याउने मन्त्री भण्डारीको योजना

काठमाडौँ,९ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम स्वीकृतिका लागि श्रमिकहरूले काठमाडौँ धाउनुपर्ने अवस्थाको अन्त्य गरिने बताउनु भयो ।

बुधबार सामाजिक सुरक्षा कोषको कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले श्रम स्वीकृतिको सेवालाई स्थानीय वडा तहसम्मै पु¥याउने योजना रहेको बताउनु भयो । उहाँले श्रमिकले विभिन्न झन्झटमा पर्नुपर्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता समेत बताँउनु भयो ।

मन्त्री भण्डारीले श्रम स्वीकृतिका लागि अहिले भइरहेका प्रशासनिक झन्झटहरूप्रति प्रश्न पनि उठाउनु भयो । उहाँले भन्नु भयो– ‘श्रम स्वीकृति, व्यक्तिगत विवरण र वैदेशिक रोजगारीसँग सम्बन्धित सबै प्रक्रियाहरूलाई किन वडा र पालिकामै नदिने ? किन यस्तो ट्रयापिङ र झमेलाहरू सिर्जना गरिन्छ ? हामी यी सबै कुरालाई सिधै वडा तहमा पु¥याएर श्रमिकलाई सहज बनाउन आवश्यक छ।’

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई राज्यले बिदाइ गर्दा नै सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताउनु भयो । ‘कल्याणकारी राज्यले त नागरिक विदेश जाँदै गर्दा ‘लौ तिम्रो पासपोर्ट, तिम्रो श्रम स्वीकृति र सामाजिक सुरक्षाको ग्यारेन्टी भयो, अब ढुक्कसँग जाऊ’ भन्नुपर्ने हो,’ उहाँले भन्नु भयो ।

उहाँले श्रम स्वीकृतिलाई एउटा झन्झटिलो प्रक्रियाको रूपमा भन्दा पनि श्रमिकको अधिकार र सुरक्षाको दस्ताबेजको रूपमा विकास गर्नुपर्नेमा जोड दिनु भएको छ ।

अवैध बाटोबाट वैदेशिक रोजगारीमा जाने क्रम बढ्नुमा श्रम स्वीकृतिको झन्झटिलो प्रक्रिया पनि एउटा कारण रहेको मन्त्री भण्डारीको ठम्याई रहेको छ। मन्त्री भण्डारीले श्रम मन्त्रालयभित्र रहेका नीतिगत र प्रक्रियागत अड्चनहरूलाई हटाउन आफू लागिपरेको बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति