प्रदेश सरकार अप्ठ्यारो ठाँउमा छ : मुख्यमन्त्री कार्की

दमक, ९ , पुष । कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले प्रदेश सरकार अहिले अप्ठ्यारो परिस्थितिमा रहेको बताउनु भएको छ ।
जेन जि आन्दोलन पछि आएको स्थिती र त्यो स्थितीले बजेटको आकारमा आएको संकुचित अबस्थाका कारण प्रदेश सरकार अप्ठ्यारो अबस्थामा रहेको उहाले उल्लेख गर्नुभयो । अझ संघमा बनेको अन्तरिम सरकारले प्रदेश सरकारको काम र जिम्मेवारीलाई प्रभाव पार्न भन्दै क्षेत्राधिकार नै मिचेर गरेको परिपत्रले समेत प्रदेश सरकारले आफ्ना गतिविधि अघि बढाउन अप्ठ्यारो भएको मुख्यमन्त्री बताउनु भएको छ ।
बुधबार दमकमा सन्चारकर्मीसग कुरा गर्दै उहाले संघीय सरकारले प्रदेश सरकारलाई हस्तक्षेप गर्न खोजेको र थप संकुचित बनाउन विभिन्न आदेश , निर्देशन र परिपत्र गरेका कारण अहिले प्रदेश सरकारमा थप जटिलता बढ्दै संघ र प्रदेश सरकार विच द्वन्द स्थापित गर्न खोजेको समेत उहाको टिप्पणी थियो ।

फरक प्रसंगमा बोल्दै उहाले संघीय सरकारले निर्वाचनको वातावरण समेत नबनाई चुनावक्क रटान लगाईरहेको भन्दै भन्नू हुन्छ “ पार्टी कार्यालयहरु जलेका छन, बसेर काम गर्न सक्ने वातावरण छैन, नेताहरुलाइ स्थान हद तोकीको छ, प्रमुख दलका नेताहरुलाई धावा बोल्ने काम भईरहेको छ । यस्तो परिस्थितिमा चुनाब हुन सक्छ? “ उहाले प्रश्न गर्नुभयो । साथै राज्यले साच्चै निर्वाचनको वातावरण बनायो र चुनाव हुने नै भयो भने नेकपा एमाले चुनावमा भाग लिने छ ।उहाले बताउनु भयो ।

नेकपा एमालेको ११ औ महाधिवेशनबाट सचिवमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्लामा सन्चारकर्मीसग कुरा गर्नु भएका कार्कीले महाधिवेशन पछि पार्टी फुट्छ, प्रतिस्पर्धामा पराजित भएकाले पार्टी छोड्छन भन्दै गरिएका बिष्लेण मिथ्या रहेको समेत उहाले जवाफ दिनुभएको छ । उहाले भन्नुभयो तत्कालको परिस्थितिमा केपी ओलीबिनाको एमाले कार्यकर्ताले परिकल्पना गर्न मात्र नचाहेको हो, यसो भन्दैमा प्रतिस्पर्धामा उप बिजेता बन्नुभएकाहरुको पार्टी र संघठन निर्माणमा कुनै योगदान नै छैन भनेको हैन उहाहरुलाई पनि अन्य ससक्त जिम्मेवारी दिएर पार्टी निर्माण अभियानमा सग सगै हिड्ने समेत उल्लेख गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा