पथरी, १० पुस / उन्मुक्त साहित्य संगम रोङ इलामको आयोजनामा पुस १९ गते त्यहाँस्थित सानो पाथीभरा मन्दिर परिसरमा पूर्वका सात सर्जकका पछिल्ला सात कृतिका बारेमा एकसाथ चर्चा परिचर्चा हुने भएको छ ।
पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिको समन्वय रहेको कार्यक्रममा हाङ्युग अज्ञातको ‘हाङ्युग अज्ञातका कविताहरू’ कविता राई गाउँलेको ‘फाटकमा घाम’ गणेश निरौलाको ‘कोठेबारी ढुङ्गा र माटो’ कृष्ण उदाशीको ‘पानीको पर्खाल’, दीपेन्द्र आचार्यको ‘व्यापार पृथ्वीको’, ऋजन मायालुको ‘घुम्ती बिक्रीमा छ’ र दर्शन घिमिरेको ‘हृदयको उल्टो यात्रा’ कृतिको चर्चा हुने भएको हो ।
कृति र सम्बन्धित कृतिकारहरुसँगको त्यसखाले भलाकुसारी कार्यक्रमको सहजीकरण सर्जक सुनिता तामाङको रहनेछ ।









