काठमाडौँ,१० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिचको छलफलमा जेनजी फ्रन्टका संयोजक रक्षा बम र जेनजी अभियन्ता पुरुषोत्तम यादव पनि सहभागी हुनु भएको छ ।
बिहीबार ललितपुरमा दुई नेताबिच छलफल चलिरहँदा उहाँहरु पनि पुग्नु भएको छ । आगामी चुनावमा नयाँ शक्तिहरू एक ठाउँमा आउने प्रयास स्वरूप वार्ता भइरहेको बताइएको छ ।
एकजुट हुन दबाब दिँदै जेनजी अभियन्ता सुदन गुरुङ समेत छलफलस्थलमा पुग्नु भएको छ ।









