दमक, १६ पुष । उज्यालो खवर र रेडियो किङ एफएमले मंगलबार चीसो बढेपछि दमकका विप्पन्न बस्तिमा सास्ती शिर्षकमा खवर प्रकाशन र प्रशारण गरेको थियो । दमक ५ मा रहेको प्रगती टोलमा रहेको सुकुम्बासी बस्तिका बासिन्दाहरुले खेपीरहेको दुख र कष्टबारेमा सो समाचारमा उल्लेख गरीएको थियो । यही खवर हेरेर दमकका एक व्यवसायीले सबैलाई पुग्ने गरी ओड्ने, ओछ्याउने र लगाउने कपडा वितरण गरीएको छ ।
दमकका यूवा छवी खतिवडा सामाजीक रुपमा सकृय हुनुहुन्छ । समुदायमा देखिएका यस्ता अभाव र समस्यालाई तुरुन्तै समाधान गर्नु पर्छ भन्ने भाव र सोच उहाँमा छ । उज्यालो खवर तथा रेडियो किङ एफ एममा प्रकाशन तथा प्रशरण भएको चीसो बढेपछि दमकका विप्पन्न बस्तिमा सास्ती शिर्षकको खवरले उहाँको ध्यान तान्यो । त्यसपछि यो समुदायमा सहयोग गर्नुपर्छ भन्ने भाव र सोचलाई मुर्तरुप दिन उहाँले दमकका अर्का यूवा व्यवसायी बिपिन सुवेदीसग समन्वय गर्नु भयो । उहाँले पनि यस्तो सामाजीक काम गर्न तयार रहेको प्रतिकृया दिएपछि दमक ५ मा रहेको प्रगती टोलका यी सुकुम्बासी बस्तिका बासिन्दाले न्यानो कपडा लगाउन र ओछ्याउन पाएका हुन । सुवेदी भन्नु हुन्छ मानवीय सेवा र सहयोग गरौ भन्ने भावनाले यहाँ ५ परिवारलाई ओड्ने , ओछ्याउने, लगाउने न्यानो कपडा मात्रै नभएर कम्तिमा एक महिना सम्म पुग्ने गरीको खाद्यन्न सहयोग पनि गरीएको छ ।
यसरी अहिलेको चिसो मौसम कसरी काटने भन्ने चीन्ता र समस्या भोगीरहेका यहाँका बासिन्दाले पनि न्यानो कपडा सहित राहत पाउँदा दंग देखिएका थीए । ‘हामीलाई धेरै गाह्रो भएको थियो । अव यती राहत पाएपछि यो वर्षको हिउँद कट्ने भयो । ’ राहत पाएपछि उनीहरुले प्रतिकृया दिएका छन् ।
दमकका यी परिवार र यो टोल त केवल प्रतिनिधी मात्रै हो । दमकका यस्ता कयौ बस्ति र परिवार छन् । जहाँ एकसरो लगाउन र दुई छाक खानै मात्रै पनि धौ धौ परिरहेको छ । अहिले टोल टोलमा राज्यको संरचना पुगेको छ । तर यस्ता परिवार र बस्तिको अवस्थामा भने सुधार ल्याउन कसैले काम गरेको देखिएको छैन । केवल यस्तो समुदायलाई नेताहरुले भोट बैंकको रुपमा मात्रै प्रयोग गरिरहेका छन् ।









