दमक, १६, पुस । दमक भरी रहेका व्यवसायी कति होलान ? अनी यी सबै व्यवसायीको साझा थलो र घर दमक उद्योग वाणिज्य संघ बन्न सकेको छ ? सकेको छ र हरेक व्यवसायीलाई संघ आफ्नो अधिकार स्थापीत गर्ने घर हो भन्ने लाग्थ्यो भने ती सबैले यसको सदस्यता लिएका छन् ? लिएकाहरुले पनि के नविकरण गरेको छन् ? अनी नविकरण गर्नेहरुले पनि के स्वस्फूर्त रुपमा नविकरण गरेका हुन ? यो अहिलेको टडकारो प्रश्न हो ।
दमक नगरपालिकाको राजस्व शाखाले दिएको जानकारी अनुसार पान नं लिएर अनी दमक नगरपालिकामा समेत दर्ता गरेर व्यापार गरीरहेकाहरुको संख्या २२ हजार बढिको छ । जसले नियमीत कर तिरीरहेका छन् ।
अव यता दमक उद्योग वाणिज्य संघको तथ्यांक हेरौ । नगरपालिकामा दर्ता भएका २२ हजार मध्ये ८ हजार बढि संघको सदस्यमा छन् । यसको सबै अध्यावधीक गरिएको छैन । संघका कार्यालय प्रमुख नीरज बिष्टका अनुसार अध्यावधीक नै गर्ने हो भने पनि ६ हजार बढि सदस्य व्यवसायी दमकमा सकृय छन् । अव अर्को नविकरण भएको तथ्य हेरौ । नविकरण सदस्यको संख्या २ हजार २ सय ९८ जनाको छ ।
दमकमा रहेका २२ हजार व्यवसायी मध्ये २ हजार २९८ नकिवरण हुनुभनेको करिव १० प्रतिशतमात्रै दमकका व्यवसायी संघमा छन् भन्ने हो । अव संघकै सदस्य सख्या मध्ये ८ हजार कुल सदस्य संख्यामा २८ प्रतिशत हो । यानीकी ७२ प्रतिशत भन्दा बढि सदस्य व्यापारीहरु संघको निर्वाचनबाट बाहिर छन् ।
तर आफुलाई निरन्तर कार्यसमिती सदस्य , उपाध्यक्ष हुदै एक कार्यकाल अध्यक्ष समेत भइसक्नु भएका अध्यक्षका प्रत्यासी मध्येका एक गोपाल गुरागाई संघमा सदस्य व्यवसायीहरुको आकर्षण बढाउन आफ्नो नेतृत्वमा काम गरेको दावि गर्नु हुन्छ । उहाँले आफ्नो पालामा ४ सय बढिलाई नविकरण गरेको र यो नै संघ प्रतिको आकर्षण गराउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गराउन सकेको उल्लेख गर्नुभयो ।
यस्तै अध्यक्ष पदका अर्का प्रत्यासी राजु खड्का पनि संघको कार्यसमितीमा निरन्तर हुनुहुनछ । सदस्य हुदै बरिष्ठ उपाध्यक्ष सम्म उहाँले संघको जिम्मेवारीमा रहेर काम गर्नुभयो । तत्कालीन राजेन्द्र ढकाल नेतृत्व रहेको बेला सुर भएको व्यवसायीक हित कोषका कारण संघमा केहि आकर्षण बढ्न सकेपनि पछिल्लो समय अस्थिर राजनितिका कारण व्यवसायीहरुनै पलायन भएका कारण पनि सदस्यहरुले नविकरण गर्न नसकेको उहाँको दावि छ ।
यता एक कार्यकाल संघको कार्यसमिती सदस्यमा रहेर काम गर्नु गर्नु भएका र अहिले अध्यक्षको प्रत्यासी समेत रहनु भएका भरत चौलागाई संघ प्रति व्यवसायीको आकर्षण बढ्न नसक्नुमा चिन्ता व्यक्त गर्नु हुन्छ । संघमा किन दर्ता हुने ? किन नविकरण गर्नुपर्ने भन्ने कुरा व्यवसायीलाई बुझाउन नसकेका कारण पनि यस्तो भएको भन्दै संघले व्यवसायीको हित र सुरक्षकालागी नयाँ काम र योजना ल्याउने हो भने आकर्षण बढाउन सकिने उहाँको धारणा छ ।
दमकमा कति व्यवसायी छन् ? र यीनको अवस्था कस्तो छ भनेर चुनावका बेला मात्रै खोजीनिती गरिने प्रवृद्धिका कारण पनि संघ प्रति व्यापारीको आकर्षण बढ्न नसकेको व्यापारीको तर्क छ । यसमा सहि र स्पष्ट भीजन भएको व्यक्तिले नेतृत्व गर्ने हो भने संघ सबैको साझा घर बन्न सक्नेमा कुनै दुईमत नरहेको दमकका व्यवसायीहरुले बताएका छन् ।









