काठमाडौँ,१७ पुस । काठमाडौँ उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध प्रदर्शन भइ रहेको छ । काठमाडौँ महानगरपालिकाको निर्णयको विरोधमा सरोकारवालाले माइतीघरमा पुनः प्रदर्शन गरेका छन् ।
यसअघि सर्वोच्च अदालतले खोला किनारमा थप २० मिटर छाड्नुपर्ने फैसला गरेको थियो । महानगरपालिकाले सो फैसला कार्यान्वयन गर्ने निर्णय गरेको हो । यसअघि पनि सरोकारवालाहरूले उक्त निर्णय पुनरावलोकनको माग गर्दै आएका थिए ।
सरोकारवालाहरूले यो फैसला गर्ने न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्मालाई महाअभियोग लगाउन समेत माग गर्दै आइ रहेका छन् ।









