कुन पदाधिकारीको मत कति ?

अध्यक्षमा गोपाल र बरिष्ठ उपाध्यक्षमा भगवानको अग्रता कायमै

दमक, १९ पुष । दमक उद्योग वाणिज्य संघको सुक्रबार सम्पन्न भएको मतदान अन्तर्गत अहिलेपनि मतगणना जारी छ । राती अवेर देखी गन्न थालीएकोमा अहिले सम्म १७०० मत गणना गरिसकिएको निर्वाचन समितीका संयोजक लीला गुरागाईले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष पदमा रहेका तीन प्रत्यासी मध्ये देवि प्रसाद गुरागाई(गोपाल) अग्रस्थानमा हुनुहुन्छ । पछिल्लो मतपरिणाम अनुसार गुरागाईले ८३४ मतका साथ आफ्‌नो अग्रता कायमै राख्नु भएको छ भने अन्य दुई प्रत्यासीहरु भरत चौलागाई र राजु खड्काले क्रमश ५५४ र ४८४ मत ल्याउनु भएको छ ।

यस्तै बरिष्ठ उपाध्यक्षमा भगवान बस्नेतको सुरुवाती अग्रता पछिल्लो समय सम्मपनि कायमै छ । १७०० सय मत मध्ये बस्नेत ७५८ मत सहित अग्र स्थानमा हुनुहुन्छ भने अन्य प्रत्यासीहरु राजकुमार योङया र ज्ञाननाथ पौडेलले क्रमश ५४६ र ५३४ मत ल्याउनु भएको छ ।

प्रथम उपाध्यक्षमा रुवल अधिकारीको अग्रता निरन्तर रहेको छ । उहाँले ९११ मत ल्याएर आफ्‌नो अग्रता अहिलेसम्म कायमै राखीरहनु भएको छ । यस्तै तुलसी तिम्सिना र सनील शाहले क्रमश ५७५ र ३४० मत ल्याउनु भएको छ ।
यसैगरी द्धितिय उपाध्यक्षमा टिकाराम खतिवडाको अग्रता देखिएको छ । उहाँ ७९१ मतका साथ अहिले सम्म अग्रस्थानमा हुनुहुन्छ भने नबिन अग्रवाल ५६७ र रमेश लुईटेलले ४७० मत प्राप्त गर्नु भएको छ ।

यता तृतिय उपाध्यक्षमा सिवासचन्द्र गर्तौलाको मत अग्रस्थानमा रहेको छ । उहाँले ६५३ मतका साथ लीड गरिरहदा विवेक श्रेष्ठ र उमेश गजमेरले क्रमश ६४४ र ५४० मत ल्याउनु भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार महिला उपाध्यक्षमा संगीता तुम्बापोले ७४१ मत ल्याएर आफुलाई निरन्तर अग्रस्थानमा राखीरहनु भएको छ । यस्तै सुस्मा निरौला र लोकमाया ढुङ्गानाले क्रमश ६८२ र ४०५ मत प्राप्त गर्नुभएको छ ।
कुल २ हजार २९८ मत दाता रहेको संघमा २ हजार ३८ मत खसेको थियो । दमक उद्योग वाणिज्य संघको सभाहलमा मतगणना अहिलेपनि जारी रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं,१० भदौ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा

ठूलो मानवीय क्षतिको आशंका, तटीय क्षेत्रमा उच्च सतर्क रहन अपिल

काठमाडौं , १० भदौ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो संख्यामा मानवीय क्षति

उच्च सतर्कता अपनाउन र उद्धारमा जुट्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं ,१० भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले रसुवाको स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा भीषण बाढीका कारण गम्भीर क्षति पुगेको बताउनु भएको छ ।बुधबार

कृषि कर्जा र वित्तीय चेतनालाई किसान मैत्री बनाउन मन्त्री चौधरीको जोड

काठमाडौं , १० भदौ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानले बुझ्ने भाषामा वित्तीय तथा कृषि सम्बन्धी चेतना अभिवृद्धि

अमेरिका–साउदी आणविक सम्झौता प्रक्रिया सुरु

काठमाडौं ,१० भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले साउदी अरेबियासँगको नागरिक आणविक ऊर्जा सम्झौता कांग्रेसमा पेश गरेसँगै पश्चिम एसियाको ऊर्जा बजारमा अमेरिका, चीन र