पत्रकारको पहिचानभित्र खारिएका सर्जक गोपाल झापाली

अनुशीलन

दमक, ७ माघ / फिचर लेखनमा माहिर हुनुको पछाडी साहित्यको प्रभाव थियो । विद्यालय पढ्दादेखि नै कथा र निवन्ध लेख्न सिपालु गोपाल गुरागाईं अन्ततः समाचार बुनेर कलात्मक बनाउने काममा चिनिनु भयो । हतारको साहित्यका रुपमा चिनिने समाचारलेखन सँगसँगै फुर्सदको साहित्य ठानिने कथा र निवन्धमा पनि उस्तै माहिर उहाँ गोपाल झापालीका नाममा विगत २५ वर्षबाट यही कर्ममा क्रियाशील हुनुहुन्छ ।

 

दामोदर गुरागाईं र लक्ष्मी गुरागाईंको सन्तानका रुपमा झापाको कमल ६ लखनपुरमा वि.सं. २०४२ बैशाख ८ गते जन्मिनु भएका झापालीमा ०५७ सालमा भएको जिल्लाव्यापी निबन्ध प्रतियोगितामा प्रथम बनेपछि साहित्यतर्फ लगाब बढ्न थाल्यो । समाचार लेख्न जाँदा भेटिएका जीवन अनि जगतका भोगाईलाई दिमागको एक कुनामा राखेर समाचार लेखिसक्ने र त्यसपछि त्यसलाई कथाका रुपमा समेत उतार्दै जाँदा २०८२ सालमा पहिलो कृति कथा संग्रह ‘हिजाब’ प्रकाशनमा आयो र यसले प्रभाव छोड्न सफल भयो ।

 

२०५८ सालबाट पत्रकारितालाई पेसा बनाएर त्यसैमा समर्पित झापाली यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालको प्रेस सल्लाहकारको भूमिकामा समेत रहनु भयो । प्रेस चौतारीको कोशी प्रदेश महासचिव, नेपाल पत्रकार महासंघ झापाको सहसचिव, पत्रकार मञ्च दमकको अध्यक्षसहित पत्रकारका संगठन हाँक्ने काममा परिपक्व जिम्मेबारी लिइसक्नु भएका उहाँले पछिल्लो समय बाल निवन्ध संग्रहलाई प्रकाशनको संघारमा पुर्‍याउनु भएको छ ।

 

हाल हिमशिखर टेलिभिजनमा कार्यरत उहाँले सन् २०११ मा वातावरण पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको थियो । त्यसपछि बारखरी कथा प्रतियोगिता, जिल्ला सहकारी संघ झापा, विहानी कला केन्द्र, मेची सहकारी दमक, दमक उद्योग वाणिज्य संघलगायतका संघ संस्थाहरुबाट सम्मानित बनिसक्नु भएको छ । उहाँसँग उज्यालोखबरको ‘अनुशीलन’ कार्यक्रममा गरिएको कुराकानीको भिडिओ हेर्नुहोला :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा