होल्डिङ सेन्टर खाली गर्न निर्देशनपछि सुकुम्बासी थाल ठटाएर आन्दोलित

काठमाडौं,११ मंसिर । काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवार आन्दोलनमा उत्रिएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि उनीहरू विरोधमा उत्रिएका हुन् ।जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गर्दै बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी परिवारलाई शुक्रबार दिउँसो २ बजेभित्र स्थान खाली गर्न निर्देशन दिएको थियो । हाल उक्त होल्डिङ सेन्टरमा १९ परिवारका ५९ जना बस्दै आएका छन् ।

 

यसअघि मंसिर २ गते एक साताभित्र होल्डिङ सेन्टर छाड्न मौखिक निर्देशन दिइएको थियो । त्यसपछि केही परिवारले उक्त स्थान छाडिसकेका छन् । होल्डिङ सेन्टरमा रहेका परिवारमध्ये ७ परिवारको जग्गाजमिन रहेको पाइएको प्रशासनको सूचनामा उल्लेख छ । त्यस्तै, जग्गाजमिन नभएका १२ परिवारलाई सम्बन्धित पालिकामार्फत जग्गा उपलब्ध गराउने तय भएको जनाइएको छ ।होल्डिङ सेन्टर खाली गर्न निर्देशन जारी भएपछि शुक्रबारदेखि त्यहाँ बस्दै आएका परिवारलाई खाना उपलब्ध गराउनसमेत बन्द गरिएको छ । दिउँसो १२ बजेसम्म खाना नपाएपछि आक्रोशित उनीहरूले थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निरन्तरको उतारचढावले सेयर बजारमा अन्योल कायमै, नयाँ लगानीकर्ता प्रवेश गर्न हिचकिचाउँदै

काठमाडौँ,११ मंसिर । स्पष्ट दिशा समात्न नसक्दा सेयर बजारमा अनिश्चितता कायमै देखिएको छ । पछिल्लो समय ठूला लगानीकर्ता र सामूहिक लगानी कोषहरू ‘पर्ख र हेर’

कांग्रेसको १५ औँ महाधिवेशनका लागि ५ उपसमितिका संयोजक मनोनयन

काठमाडौँ ,११ मंसिर। नेपाली कांग्रेस देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते हुने १५ औँ केन्द्रीय महाधिवेशन तयारीलाई तिब्रता दिएको छ । यसक्रममा

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको समसामयिक छलफल

काठमाडौं,११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गर्नु भएको छ ।राष्ट्रपति पौडेलसँग सभापति लामिछानेले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

काठमाडौं,११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले भेट गर्नु भएको छ।राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न

हराएका पशुका अवशेष खोज्दै स्थानीय

काठमाडौं ,११ मंसिर। गत भदौ १० गते भोटेकोशी आएको बाढीले क्षति पु¥याएको क्षेत्रमा स्थानीयले पशुका अवशेष खोज्ने तथा व्यवस्थापन गर्ने काम जारी राखेका छन् ।

भोजपुरको गैरीगाउँमा राष्ट्रिय प्रसारणको बिजुली पुग्यो

भोजपुर,११ मंसिर । पहाडी जिल्ला भोजपुरका ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरणमा तीव्रता दिन थालिएको छ । नेपाल विद्युत प्राधिकरणले ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरण गरि रहेको छ

होल्डिङ सेन्टर खाली गर्न निर्देशनपछि सुकुम्बासी थाल ठटाएर आन्दोलित

काठमाडौं,११ मंसिर । काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवार आन्दोलनमा उत्रिएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो