दमकको नमुना बस्ति देशकै नमुना

सरकारको घर बिहिनलाई घर बनाइदिने कार्यक्रम प्रभावकारी

दमक, ९ माघ । झापाको दमक नगरपालिका वार्ड १ र ७ मा आकर्षक घरहरु छन् । जुन एकै आकृतीका मात्रै छैनन सबैको बनावट र त्यहाँको सुविधा पनि समान छन् । राता घर । जस्ता पाताले बलीयो गरी छानो लगाएको । शौचालय र नुहाउने कक्ष बाहेक तीन वटा कोठा बनाएर दमकका सुकुम्बासी तथा भूमिहिनहरुलाई सरकारले घर बनाएर बसाएको हो यो । एउटा घर निर्माण गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गरी कुल १४ लाख बढि खर्च भएको छ । दमकको वार्ड १ तर्फ ३८ र ७ तर्फ २२ वट घरहरु यहाँ रहेका छन्।

व्याक्तिको जिवनमा अवश्यक पर्ने गाँस,बास कपास मध्ये एउटा घर हो। जाहाँ मनिसले आनन्द सँग बस्न पाँउछन् ।घाम,पानी,हुरी जस्ता हरेक समस्याबाट जोगाएर आफुलाई सुरक्षित पार्ने स्थान भनेको नै घर हो। घर नहँदा व्यक्तिको जिवनमा धेरै समस्या हुन्छ। काहाँ जाँहु भन्ने समस्या नहोस भनेर सरकारले घर बनाँइ दिएको छ। दमक बजारको एउटा सुन्दर बस्ती हो नमुना बस्ती। यहाँ उस्तै प्रकारको व्यवस्थित तरिकाको सुन्दर घरहरु छन्। आफनो घर पनि नभएका व्याक्तिहरुलाई सरकारले घर बनाएर राखि दिएको छ ।

५ वर्ष देखी यस बस्तिमा बस्दै आउनु भएकी सीता भुजेल यहाँ खानेपानी, बिजुली तथा अन्य सबै पूर्वाधार विकासको सुविधा रहेको प्रतिकृया दिनु हुन्छ । तर स्थात्वकालागी आफु बसेको घरको धनीपुर्जा पनि सरकारले दिने आफ्ना छोराछोरालाई रोजगारको अवसर पनि दिने हो भने आफुले जनमुखी सरकार पाएको अनुभूति गर्ने भुजेलको भनाई छ ।

कुनैबेला आकाशबाट पानी पर्र्दा घरबाट चुहिन्थ्यो । गतिलो छानो समेत थिएन । खालाको किनारमा सँधै जोखीम र त्राहीमाम भएर बस्नु पर्दथ्यो । तर अहिले कम्तिमा आफ्नो नै भन्ने एउटा घर छ । त्यो पनि आकर्षक, सबै सुविधा भएको र सुरक्षीत पनि । यत्तीको घर दिने सरकार प्रति यही ठाउँमा बस्नु भएकी छलीमाया दर्जी खुसी हुनुहुन्छ ।

दिनभरी बिभिन्न ठाउँमा गएर काम गरेर आउने र त्यहि कामबाट आएको पारिश्रमीबाट जीविको पार्जन पनि यस ठाउँका बासिन्दाले गर्दै आएका छन् । कामबाट थाकेर आएको बेला आफ्नै घरको धाराबाट पानी थापेर खान पाउँदा मात्रै पनि आनन्दको महसुस हुने अनुभव हरी रणपहेलीको छ ।

दमकमा अझैपनि कयौ नागरिक भूमिहिन छन् । घरबार बिहिन छन् । उनीहरुको माग छ हामीलाई पनि यस्तै घरमा राखेर स्थाीत्य प्रदान गरिदिए आभारी हुने थियौ । त्यसकारण आगामी निर्वाचनमा जनताका आधारभूत आवश्यकता पुरा गर्न सक्ने उम्मेदवारलाई नै मतदान गर्ने पनि यहाँका नागरिकले प्रतिकृया दिएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

काठमाडौं,५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराउनु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने