दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो भने समयमै गन्तव्यमा पुग्न सकिन्छ।तर सडक अव्यवस्थित भयो भने जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता रहन्छ।
विशेषगरी बिहानदेखि बेलुकासम्म यातायातको चाप हुने क्षेत्रमा सडक अव्यवस्थित हुँदा स्थानीयदेखि यात्रुसम्म सबैले सास्ती खेप्नुपर्छ।बर्खामा पानी जमेर खाल्डाखुल्डी देखिन्छन्।

हिउँदमा धुलो उडेर हिँड्नै नसक्ने अवस्था हुन्छ। अव्यवस्थित सडककै कारण दैनिकजसो साना–ठूला दुर्घटना हुने गर्छन्। यही समस्या लामो समयदेखि दमक–५ का स्थानीयले भोग्दै आएका थिए। तर अहिले सरकारले व्यवस्थित सडक निर्माण गरेपछि यहाँको अवस्था धेरै हदसम्म बदलिएको छ।
स्थानीय कविता लिम्बु भन्नुहुन्छ ,यहीँको बासिन्दा भएकाले पहिले र अहिलेको सडकको तुलना गर्दा आकाश–पातालको फरक देखिन्छ। पहिले सडक अव्यवस्थित हुँदा दुर्घटना धेरै हुन्थे, बर्खामा जोखिम मोलेर हिँड्नुपथ्र्यो। अहिले सडक व्यवस्थित भएपछि त्यो जोखिम हटेको उहाँको भनाइ छ।

 

इलाम घर भई दमकमा मन्टेस्वरी सञ्चालन गर्दै आउनु भएका इसु बराल भन्नुहुन्छ ,पहिले सडक साँघुरो थियो।दैनिक यातायातका साधन गुड्दा जोखिम मोलेर हिँड्नुपथ्र्यो। अहिले बाटो फराकिलो भएकाले सहज भएको छ। दमक सडक विकासको हिसाबले अघि बढिरहेको क्षेत्र भएकाले सडक किनारमा रेलिङ जडान गरे अझ सुरक्षित हुने उहाँको सुझाव छ।

 

दमक–५ की स्थानीय आरोसी न्यौपाने का अनुसार — पहिले बाटो ग्राभेलको हुँदा धेरै समस्या हुन्थ्यो। बर्खामा पानी जम्ने, हिउँदमा धुलो उडेर हिँड्नै नसक्ने अवस्था थियो। तर अहिले सडक पिच भएपछि धुलो र हिलो दुवैबाट मुक्ति पाएको अनुभव उहाँले सुनाउनु हुन्छ।

 

दमक–५ को मात्र होइन, यस्ता व्यवस्थित सडक अहिले देशभर विस्तार हुँदै गएका छन्।सडकको विकास भनेको केवल यातायात सहज बनाउनु मात्र होइन, यो समग्र देशकै विकाससँग जोडिएको विषय हो। यदि सडक सुरक्षित र व्यवस्थित हुने हो भने आफ्नो गन्तव्यतर्फ जाने हरेक यात्रुले सुरक्षित महसुस गर्ने थिए। त्यसैले सरकारले सडक जस्ता आधारभूत पूर्वाधारको विकासमा निरन्तर ध्यान दिनु आजको आवश्यकता बनेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको