खेलकुद

दोस्रो पथरी शनिश्चरे भेट्रान गोल्डकप माघ १७ देखि

८ टिमको सहभागिता, झण्डै ६ लाख ८३ हजारको अनुमानित बजेट

पथरी शनिश्चरे १० माघ / दोस्रो पथरी शनिश्चरे भेट्रान गोल्डकप फुटबल प्रतियोगिता–२०८२ आगामी माघ १७ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिताको जानकारी दिन आज पथरी शनिश्चरे–२ स्थित शीन भिलेज पार्टी प्यालेसमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

 

पत्रकार सम्मेलनमा बोल्दै खेल संयोजक सन्तोष श्रेष्ठले प्रतियोगितामा ८ वटा भेट्रान टिमको सहभागिता रहने जानकारी दिनुभयो । प्रतियोगितामा पथरी भेट्रान ब्लु, पथरी भेट्रान रेड, दमक लखनपुर, मिल्स भेट्रान विराटनगर, उर्लाबारी भेट्रान मोरङ, ईटहरी भेट्रान सुनसरी, विराट चोक भेट्रान र सतिसाले भेट्रान टिमले सहभागिता जनाउनेछन् ।

 

आयोजकले सार्वजनिक गरेको अनुमानित आय–व्यय विवरणअनुसार प्रतियोगिताको कुल बजेट ६ लाख ८२ हजार ९६६ रुपैयाँ रहेको छ । खर्चतर्फ प्रथम पुरस्कार, दोस्रो पुरस्कार, ट्रफी तथा मेडल, विधागत पुरस्कार, स्टेज तथा गेट निर्माण, साउन्ड सिस्टम, खेलमैदान मर्मत सम्भार, ब्यानर तथा स्टेशनरी, रेफ्री पारिश्रमिक, सहभागी टिम फेयर, पत्रकार व्यवस्थापन, म्यान अफ द म्याच पुरस्कार, अतिथि सत्कार, प्रचार–प्रसार तथा मिडिया, मायाको चिनो, विविध तथा मसलन्दलगायत शीर्षकमा खर्च हुने आयोजकले जनाएको छ ।

 

आयतर्फ भने स्वदेश तथा विदेशबाट प्राप्त सहयोग, पथरी शनिश्चरे नगरपालिकाको कार्यालयबाट प्राप्त सहयोग, विभिन्न प्रायोजक, स्थानीय व्यवसायी तथा संघ–संस्थाबाट प्राप्त सहयोग रहने अनुमान गरिएको छ । आय र व्यय बराबर रहने गरी बजेट तयार गरिएको आयोजक समितिले जानकारी दिएको छ ।

 

पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिता सफल बनाउन स्थानीय तह, खेलप्रेमी, सञ्चारकर्मी तथा सम्पूर्ण सहयोगी हातहरूबाट सहयोगको अपेक्षा पनि व्यक्त गरेको छ । भेट्रान खेलाडीलाई सक्रिय राख्ने, स्वास्थ्य र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।