जनकपुर,१९ कार्तीक । भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ । विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल गर्दै आएका छन् ।यसै क्रममा बिहीबार भारतबाट १७ बोगीको भारतीय प्यासेन्जर ट्रेन, ट्रयाक टेस्टका लागि जनकपुरधाम आइपुगेको छ ।नेपाल रेल्वेका प्रबन्ध निर्देशक परिवेश पराजुलीका अनुसार ठूलो र बढी क्षमताको ट्रेन हालको ट्रयकमा चल्ने सक्छ कि सक्दैन भन्ने जाँच गर्नका लागि भारतबाट ईस्ट सेन्ट्रर रेल्वेले आज परीक्षण गरेको हो ।
उहाँका अनुसार आज बिहिबार आएको रेलमा भारतीय रेल विभागका ६७ जना पदाधिकारीहरु परीक्षणका लागि कुर्था स्टेशनसम्म रेलमा सवार भएर आँउनु भएको थियो । उक्त रेल आजै भारत फर्किने र परीक्षण रिर्पोट तयार गरी सम्बन्धित निकायमा बुझाउने प्रबन्ध निर्देशक पराजुलीले जानकारी दिनु भयो ।अयोध्या जनकपुर रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेतापनि कहिलेदेखि सुरु हुने भन्ने यकिन नभइसकेको पराजुलीले बताँउनु भयो ।
उहाँले दुबै देशका रेल विभागका बीच पनि सम्झौत लगायतका कार्यहरु बाँकी रहेको जानकारी दिनु भयो। पराजुलीले नेपालतर्फका स्टेशन हल्टहरुको मर्मत सम्भार तथा सरसफाइका कार्यहरु भइरहेको बताँउनु भयो ।प्रधानमन्त्री बालेन्द्र साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्याबाट जनकपुरधामसम्म चल्ने रेलको उद्घाटन केही दिनपछि प्रधानमन्त्री साहको भारत भ्रमणको बेला संयुक्त रुपमा हुने जनाइएको छ ।










