आशा र अवसरको संरचना दमक सभा हल

स्थानीको प्रश्न ‘सञ्चालन कहिले हुन्छ’?

दमक, १२ माघ । दमकमा भव्य सभा हल बनेको छ । एउटा सानो र अर्को चाहि ठुलो हल सहित एकै पटक दुई वटा सम्म कार्यक्रम गर्न मिल्ने गरीका हलहरु यहाँ छन । एउटाको क्षमता झण्डै २ हजार सर्वसाधरण एउटै मञ्चमा अटाउने छ भने अर्कोेको क्षमता करिव ८ सय जनालाई अटाउने गरीको छ । यो सभाहल नेपालमा हुने ठुला ठुला इन्डोर प्रोग्राम गर्न योग्य र सुविधायूक्त हुने गरी आधुनीक ढंगले बनाइएको छ । भौतीक संरचना सबै बनिसकेको छ । हलको भीत्री भागमा केहि काम अझै बाँकी छ । जसले गर्दा यो सञ्चालन आउन सकिरहेको छैन । यदी यो सञ्चालनमा आउने हो भने यहाँ मानीसहरुको चहल पहल हुने थियो ।

 

जुन चलह पहलले स्थानीय स्तरमा रोजगार र स्वरोजगार समेत बढ्ने थिए । यही आशा र अपेक्षा गरेर यस ठाउँका नागरीक अझैपनि यसको सञ्चालनको पर्खाइएमा बसीरहेका छन् । दमक—९ की स्थानिय बालिका घिमिरे भन्नु हुन्छ ‘सुरु – सुरुमा सभाहल बनिदा धेरै खुसी लागेको थियो। गाँउ भरिको सबै स्थानियमा खुसी छाएको थियो। गाँउमा रोजगारीको सिर्जना हुन्छ भन्ने आशा सिङगो अझैपनि मरेको चाहि छैन । ’

 

करोडौ लगानी भएको छ । भौतीक संरचना बनेको छ । तर संरचना ठडीयो । यसको उपयोगीता हुनै सकेन । नागरीकले परबाट हेरेर सभाहल यो रहेछ , यहाँ रहेछ भन्ने मात्रै भयो । अव यहाँ आएर कार्यक्रम गर्नु पर्छ भन्ने गरीको अझै पनि हुनै सकेन । यसले गर्दा बेला बेलामा अव नचल्ने त हैन भन्दै नागरीकले संकाको दष्टिले समेत हेर्न थालेको र त्यो संका सञ्चालन गरेर हटाइदिन माग गर्नु हुन्छ बालीका घिमिरे ।

 

संरचना बन्नु र बनाउनु मात्रै उपलब्धी नहुने अहिले यस क्षेत्रका नागरीकहरुले भन्न थालेका छन् । अव यसलाई सञ्चालनमा ल्याएर रोजगार वा स्वरोजगार बढाउने जनप्रतिनिधीको पर्खाइमा यस क्षेत्रका नागरीक रहेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डा. केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव धनगढीमा

काठमाडौं,९ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुग्नु भएको छ । शिक्षा तथा

‘हामीभित्र कमजोरी भए पनि सफलताका सबल पक्ष छन्’ : पोखरेल

काठमाडौं,९ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रका कमजोरी र सफलताका पक्षलाई समग्रतामा हेरेर समीक्षा गर्नुपर्ने बताउनु भएको छ । नरबहादुर कर्माचार्यको १३ औं

गीत, संगीत र कला हाम्रो इतिहास र पहिचान हो : सभामुख अर्याल

काठमाडौं,९ साउन । सभामुख डोलप्रसाद अर्यालले गीत, संगीत, साहित्य र कला नेपाली समाजको भावना, इतिहास र पहिचान भएको बताउनु भएको छ । शनिबार वरिष्ठ गीतकार

सांसदलाई पीए दिने निर्णयविरुद्ध जेनजी सडकमा

काठमाडौं,९ साउन । संघीय संसद्का सदस्य (सांसद)हरूलाई व्यक्तिगत स्वकीय सचिव (पीए) राख्न दिने नेपाल सरकारको निर्णयविरुद्ध युवाहरु सडकमा उत्रिएका छन् । शनिबार माइतीघर मण्डलामा जेनजी

डा. केसीको उपचार र माग सम्बोधनका लागि मन्त्रालय सक्रिय

काठमाडौं,९ साउन । बिहीबारदेखि पाँचबुँदे माग राख्दै २४औँ सत्याग्रहमा बसेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले

तीन वर्षको प्रतीक्षापछि काखमा खेलिरहेकी छोरी, मेघाको मुहारमा फर्कियो खुसी

दमक, ९ साउन । मन कति खुसी र सन्तुष्ट छ भन्ने कुरा शब्दले होइन, आँखाको चमक, ओठको मुस्कान र अनुहारमा देखिने भावले पनि बताउँछ। मेघा