दमकको कृष्णमन्दिरबाट इटहरा सम्मा जोडीने यो सडकले यहाँको सामाजिक–आर्थिक गतिविधिमा के योगदान गर्यो ?

दमक, २२ माघ। दमकको कृष्णमन्दिरबाट सुरु भएर पिङडाडा, धराने टोल हुँदै सातमारा–आम्बाडी पार गर्दै इटहरा सडकसम्म पुग्ने यो बाटो कहिल्यै पनि सहज थिएन। स्थानीयका लागि यो सडक यात्रा होइन, संघर्ष जस्तै थियो। धुलो उडेर आँखै खोल्न नसकिने अवस्था, बर्खा लागेपछि हिलोमा फस्दै लड्दै हिँड्नुपर्ने बाध्यता। स्कुल जाने बालबालिका ढिला पुग्थे, बिरामी बोकेर अस्पताल लैजान गाह्रो पथ्र्यो, किसान र व्यापारीका लागि त यो सडक दैनिक समस्या बनेको थियो। तर अहिले दृश्य नै फेरिएको छ।

सडक कालोपत्रे भइसकेको छ, दुवैतर्फ नाली (ड्रेन) बनेका छन्। पानी जम्दैन, धुलो उड्दैन। सवारी साधन सहजै गुड्छन्। स्थानीयले छोटो समयमा गन्तव्य पुग्न थालेका छन्। विद्यालय, स्वास्थ्य संस्था र बजारसम्म पुग्न अब कुनै झन्झट छैन। यो सडकले केवल यात्रा सजिलो बनाएको छैन, यो क्षेत्रको आर्थिक र सामाजिक गतिविधिमा समेत नयाँ ऊर्जा थपेको छ।

स्थानीय विरेन राय परिवर्तन आफ्नै आँखाले देखेको अनुभव सुनाउँदै भन्नुहुन्छ,“यो सडक धेरै पुरानो हो। यही बाटो भएर हामी धेरै ठाउँ जान्थ्यौं, तर हालत निकै खराब थियो। धुलो र हिलोकै कारण धेरै दुःख भोग्नुपथ्र्यो। केपि ओलीको नेतृत्वमा सरकार बनेपछि मात्रै यो सडक बनेको हो। आज हिँड्दा गर्व लाग्छ, अब आवतजावत साँच्चिकै सहज भएको छ।”

 

उहाँजस्तै विरी लाल धिमालको मनमा पनि सन्तोष झल्किन्छ। “पहिले यो सडक कच्ची थियो, पानी परेपछि हिँड्नै नसकिने हुन्थ्यो। स्कुटर, साइकल त परको कुरा, पैदल हिँड्दा पनि फसिन्थ्यो। तर अहिले यो सडक पिच भएको छ । छोटो समयमा गन्तव्य पुग्न पाइन्छ, कामकाज गर्न सजिलो भएको छ।”

 

स्थानीयका अनुसार यस्ता आधारभूत पूर्वाधार नै विकासको मेरुदण्ड हुन्। सडक बनेपछि व्यापार बढेको छ, विद्यार्थीको पढाइ सहज भएको छ र स्वास्थ्य सेवामा पहुँच पनि मजबुत बनेको छ।
अब आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा स्थानीयबासीको अपेक्षा झन् स्पष्ट देखिन्छ। उनीहरू भन्छन्, भाषणभन्दा काम चाहिन्छ। समस्या बुझ्ने, समाधान गर्ने र विकासलाई निरन्तरता दिने नेतृत्व चाहिन्छ। सडकजस्तै प्रत्यक्ष जीवन परिवर्तन गर्ने योजनामा ध्यान दिने व्यक्ति नै सरकारको नेतृत्वमा पुग्नुपर्छ।
कृष्णमन्दिरदेखि इटहरासम्मको यो सडक आज केवल कालोपत्रे बाटो होइन, विकास अघि बढिरहेको प्रमाण हो। देशले समृद्धि चाहन्छ भने विकास बुझ्ने र काम गरेर देखाउने नेतृत्व आवश्यक रहेको यस क्षेत्रका नागरिकले सन्देश दिन समेत खोजेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक–७ को वडा अध्यक्ष बन्ने चिरन न्यौपानेको आकांक्षा, १५ बुँदे विकास योजना सार्वजनिक

पशुहाटलाई व्यवस्थित, सफा, सुरक्षित र आधुनिक कृषि तथा पशु व्यापार केन्द्रका रूपमा विकास गर्ने

मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ

विपद्मा बालबालिकाको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिन विज्ञहरूको जोड

दमक, ७ असोज । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताउनुभएको छ । जागृति बाल तथा

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा

दमक–६ बालमैत्री वडा घोषणा, यसरी बन्यो भव्य

दमक, ७ असोज । दमक नगरपालिका वडा नं. ६ बालमैत्री वडा घोषणा भएको छ।बुधबार पशुपति मन्दिरमा भव्य कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको

स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमान्डौ ,७ असोाज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनु