दमकमा डिप बोरिङले खेतीमा आशा

सिँचाइ विस्तारले किसानको जीवन बदलिँदै

दमक,२५ माघ ।दमक नगरपालिका कृषियोग्य भूमि भएको क्षेत्र हो। यहाँका अधिकांश किसानको जीविकोपार्जन खेतीमै निर्भर छ। तर वर्षौँदेखि सिँचाइको अभावका कारण किसानले ठूलो सास्ती भोग्दै आएका थिए। यही समस्यालाई समाधान गर्न संघीय सरकारसँगको सहकार्यमा दमकमा चारवटा डिप बोरिङ निर्माण गरिएको हो। निर्माण भएका डिप बोरिङमध्ये एउटा पूर्ण रूपमा सञ्चालनमा आएको छ। यसले आसपासका खेतमा नियमित सिँचाइ सुविधा उपलब्ध गराउँदै किसानलाई प्रत्यक्ष राहत दिएको छ। अर्को डिप बोरिङ सञ्चालनको तयारीमा रहेको छ भने बाँकी दुईवटा डिप बोरिङ अझै निर्माणाधीन अवस्थामा छन्। सिँचाइ सुविधा पुगेपछि किसानले समयमै बाली लगाउन पाएका छन्। उत्पादन बढेको छ, लागत घटेको छ र खेतीप्रतिको भरोसा फर्किएको छ। पहिले वर्षाको भरमा खेती गर्नुपर्ने बाध्यता अहिले क्रमशः हट्दै गएको किसानहरूको भनाइ छ। तर सिँचाइ नपुगेका क्षेत्रमा समस्या अझै उस्तै छ। खेत बाँझिने, बाली सुक्ने र आम्दानी घट्ने पीडा किसानले भोगिरहेका छन्।

 

इन्द्रेनी डिप बोरिङ उपभोक्ता समितिका अध्यक्ष मेदनी प्रसाद खरेलका अनुसार संघीय सरकारको योजनाअन्तर्गत डिप बोरिङ निर्माण लगभग सम्पन्न भइसकेको छ। पाइपलाइनमा देखिएको प्राविधिक समस्याका कारण हाल पानी सञ्चालन रोकिएको भए पनि छिट्टै समाधान भएर सिँचाइ सुरु हुने उहाँको विश्वास छ।

 

यस्तै, दमक–१० का पूर्व वडाध्यक्ष बोधराज न्यौपानेले दमकमा कृषियोग्य क्षेत्र धेरै भए पनि सिँचाइको अभावले उत्पादन प्रभावित हुँदै आएको बताउनु भयो। उहाँका अनुसार एउटा डिप बोरिङ नलबारी क्षेत्रमा सञ्चालनमा छ, अर्को सञ्चालनको प्रक्रियामा छ र बाँकी दुईवटा छिट्टै सम्पन्न हुने चरणमा छन्। यी सबै आयोजना सञ्चालनमा आएपछि किसानले ठूलो राहत पाउने उहाँको भनाइ छ।

 

जहाँ सिँचाइ पुगेको छ, त्यहाँ किसानको मेहनतले परिणाम दिन थालेको छ। तर सिँचाइ नपुगेका खेतमा आज पनि किसानले आकाशतिर हेरेर खेती गर्नुपर्ने बाध्यता छ। संघीय सरकारसँगको सहकार्यमा सुरु गरिएका डिप बोरिङ आयोजनाले दमकमा आशा जगाएका छन्। अब आवश्यकता छ, बाँकी आयोजनालाई समयमै सम्पन्न गरी सबै किसानको खेतसम्म पानी पु¥याउने स्पष्ट र प्रभावकारी योजनाको। फागुन २१ मा जितेर आउने जनप्रतिनिधिबाट दमकका किसानको अपेक्षा पनि यही हो—घोषणा होइन, काम; आश्वासन होइन, खेतमा सिँचाइ पुग्ने विकास र किसानको जीवनमा देखिने वास्तविक परिवर्तन।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ब्राजिल र मोरक्कोबीच आइतबार महाभिडन्त

काठमाडौं,३० जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु

विश्वकप सुरु नहुँदै बेलायती टोलीलाई झट्काः खेल सामाग्री नै चोरी!

एजेन्सी,३० जेठ । फिफा विश्वकपको गाडीमा तोडफोड भएपछि इङ्गल्याण्डको प्रशिक्षण उपकरणहरू क्यान्सस सिटी आइपुग्नुअघि नै चोरी भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । घटना फ्लोरिडामा

घुन लागेको दाल र फुटेको अण्डा खुवाउने क्यान्टिनलाई जरिवाना

काठमाडौं,३० जेठ । सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनलाई खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ।देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय

नेपाल–भारत सीमापार रेल्वे थप्नेबारे काठमाडौँमा उच्चस्तरीय छलफल

काठमाडौं,३० जेठ । नेपाल–भारत सीमापार रेलवे लिंकहरुको निर्माण र नयाँ परियोजनाबारे छलफल भएको छ । भारतीय दूताबाससका अनुसार शुक्रबार परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको

गृहमन्त्रीको एउटा घोषणाले देश तरंगित, अब खुल्ला त नारायणहिटीको रहस्य?

काठमाण्डौं,३० जेठ।नारायणहिटी दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ । राजा वीरेन्द्रको वंश नाश भएको उक्त घटना आजसम्म पनि रहस्यमय बनेर बसेको छ ।यसैबीच

सोलु जाने बाटो फेरिँदा सुनसान बन्यो ऐतिहासिक बाम्तीभण्डार

रामेछाप,३० जेठ । कुनैबेला सोलुखुम्बु प्रवेश गर्ने प्रमुख नाकाका रूपमा परिचित रामेछापको बाम्तीभण्डार बजार अहिले सुनसान बन्दै गएको छ । सडक सञ्जालको विस्तार र पर्यटकको