एमाले मोरङ ३ को २५ बुँदे प्रतिवद्धतापत्र जारी

तमोर चिसाङ डाइभर्सनदेखि अर्धसैनिक तालिमसम्मका कुरा

पार्टीको संगठन मजबुत रहेको अवस्थामा आफू गाउँबस्तीमा भिजेको सरल व्यक्ति तथा नयाँ उम्मेदवार रहेकाले पनि आफ्‌नो जित हुने एमालेका उम्मेदवार इरनकुमार राईको धारणा ।

बेलबारी, ३ फागुन / मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का नेकपा एमालेका उम्मेदवार इरनकुमार राईले पार्टीको संगठन मजबुत रहेको अवस्थामा आफू गाउँबस्तीमा भिजेको सरल व्यक्ति तथा नयाँ उम्मेदवार रहेकाले पनि आफ्‌नो जित हुने बताउनु भएको छ ।

 

पार्टीले आज बेलबारीमा आयोजना गरेको क्षेत्रका प्रतिवद्धताहरु सार्वजनिक कार्यक्रममा बोल्दै राईले सो कुरा बताउनु भएको हो । कार्यक्रममा एमालेका पूर्व केन्द्रीय सदस्य युवराज बास्कोटा, पार्टीका प्रदेश सदस्य एवम् प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, पूर्व प्रदेश मन्त्री राजकुमार ओझा, प्रदेश सदस्य दिलीपकुमार राई किशोरलगायतका पार्टीका अगुवाले प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको थियो ।

 

लामो समय शिक्षा सेवा र साहित्यमा लागिपरेर बौद्धिक व्यक्तित्वका रुपमा गनिनु हुने बेलबारीका राईले जेन्जी पुस्ताको भावनालाई समेट्दै क्षेत्रको विकासमा नयाँ आयाम थप्न सकिने धारणा राख्नु भयो । उहाँले जेन्जी उमेर अन्तर्गत १८ देखि २१ वर्ष उमेर समूहका लागि अर्धसैनिक अभ्यास तालिम, स्वरोजगारी पहल, भ्रष्टाचार निर्मूल पार्ने कुरामा प्रतिवद्धता जाहेर गरिएको प्रष्ट्याउनु भयो ।

 

नागरिकको सर्वोपरी हितमा संविधान संशोधन, प्रदेश सरकारको पुनर्संरचना, सुशासनको व्यवहारिक आधार तय गर्न डिजिटल सेवा र इगभर्ननेन्स आरम्भ गर्ने, क्षेत्रमा पर्ने पालिकाहरु पथरी शनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दरहरैंचामा पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढाइनेसहितका प्रतिवद्धता जनाउनु भयो ।

 

कृषि नीति निर्माण गरी सिंचाईको दिगो व्यवस्थापनका लागि तमोर चिसाङ बहुउद्धेश्यीय डाइभर्सन आयोजना सञ्चालनमा ल्याइ ४३ देखि ११७ मेघावाटसम्म विद्युत उत्पादन, १० हजार मेट्रिकटन क्षमताको शीत भण्डार, एक वडा एक कृषि प्राविधिक, घरआवास, गाउँबस्ती र सहरबजार व्यवस्थापन तथा विकास, अव्यवस्थित भूमि समस्या समाधान, सडक स्तरोन्नतीका विषय पनि प्रतिवद्धताका रुपमा अघि सारिएको छ ।
बेलबारीस्थित राधानगरको पेट्रोलखानी उत्खनन्, घरमा बसेर स्नातक तहसम्म पढ्न ‘सीप सिक्दै, पढ्दै’ र ‘पढ्दै कमाउँदै’ कार्यक्रम अघि बढाइने, धार्मिक आस्थास्थलको संरक्षण र विकास, खोला तटबन्धन, सामाजिक सुरक्षा कोषबाट भत्ता ५ हजार तथा स्वास्थ्य बीमा ५ लाख बराबरको पुर्याउने नीति सरकारबाट अघि सारिने पनि उल्लेख छ ।

 

युवा, खेलकुद तथा रोजगार, सेवारत तथा सेवानिवृत्त जनशक्तिको उपयोग, आफ्‌नो गाउँ आफैं बनाऔं अन्तर्गत गर्न सकिने कामलाई जनश्रमदानबाट अघि बढाउन प्रोत्साहन दिइने, साहित्य र कला क्षेत्रको प्रवद्र्धनका कार्यक्रम अघि सारिनेलगायत २५ बुँदे प्रतिवद्धतापत्र जारी गरिएको छ । सूर्य चिन्हका उम्मेदवार राईले घरदैलो कार्यक्रमलाई तीब्रता दिइरहनु भएको छ ।

 

सो क्षेत्रमा एमालेका राईकासाथै नेपाली कांग्रेसका रुख चुनाव चिन्हका डा.सुनिलकुमार शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चिन्हका गणेश कार्की र नेपाल कम्यूनिष्ट पार्टीका तारा चिन्हका डा.देउमान सम्बाहाम्फेबीच बढी प्रतिष्पर्धा हुने देखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निरन्तरको उतारचढावले सेयर बजारमा अन्योल कायमै, नयाँ लगानीकर्ता प्रवेश गर्न हिचकिचाउँदै

काठमाडौँ,११ मंसिर । स्पष्ट दिशा समात्न नसक्दा सेयर बजारमा अनिश्चितता कायमै देखिएको छ । पछिल्लो समय ठूला लगानीकर्ता र सामूहिक लगानी कोषहरू ‘पर्ख र हेर’

कांग्रेसको १५ औँ महाधिवेशनका लागि ५ उपसमितिका संयोजक मनोनयन

काठमाडौँ ,११ मंसिर। नेपाली कांग्रेस देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते हुने १५ औँ केन्द्रीय महाधिवेशन तयारीलाई तिब्रता दिएको छ । यसक्रममा

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको समसामयिक छलफल

काठमाडौं,११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गर्नु भएको छ ।राष्ट्रपति पौडेलसँग सभापति लामिछानेले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

काठमाडौं,११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले भेट गर्नु भएको छ।राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न

हराएका पशुका अवशेष खोज्दै स्थानीय

काठमाडौं ,११ मंसिर। गत भदौ १० गते भोटेकोशी आएको बाढीले क्षति पु¥याएको क्षेत्रमा स्थानीयले पशुका अवशेष खोज्ने तथा व्यवस्थापन गर्ने काम जारी राखेका छन् ।

भोजपुरको गैरीगाउँमा राष्ट्रिय प्रसारणको बिजुली पुग्यो

भोजपुर,११ मंसिर । पहाडी जिल्ला भोजपुरका ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरणमा तीव्रता दिन थालिएको छ । नेपाल विद्युत प्राधिकरणले ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरण गरि रहेको छ

होल्डिङ सेन्टर खाली गर्न निर्देशनपछि सुकुम्बासी थाल ठटाएर आन्दोलित

काठमाडौं,११ मंसिर । काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवार आन्दोलनमा उत्रिएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो