अब कांग्रेसले संगठनदेखि नेतृत्व तहसम्म व्यापक सुधार गर्दै अघि बढ्ने

‘पार्टीको नेतृत्व बदलिँदैन, तर सुधारिन्छ’ : कांग्रेस नेता सिवाकोटी

दमक, २६ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिर कुमार सिवाकोटीले पार्टी अब आत्मसमीक्षा गर्दै सुधारका साथ अघि बढ्ने बताउनुभएको छ।

मंगलबार रेडियो किङ एफएमको कार्यक्रम सत्य संवादमा बोल्दै उहाँले विगतमा कांग्रेसले जनताका मुद्दालाई पर्याप्त प्राथमिकता दिन नसकेको र जनतासँग प्रत्यक्ष संवाद कमजोर भएको स्वीकार गर्नुभयो। यही कारणले पछिल्लो निर्वाचनमा पार्टीले अपेक्षाभन्दा फरक परिणाम व्यहोर्नु परेको उहाँको भनाइ थियो।

सिवाकोटीले अब कांग्रेसले संगठनदेखि नेतृत्व तहसम्म व्यापक सुधार गर्दै अघि बढ्ने स्पष्ट पार्नुभयो।

पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने विषयमा उठेको प्रश्नको जवाफ दिँदै उहाँले तत्काल नेतृत्व फेर्ने पक्षमा आफू नभएको बताउनुभयो। “पार्टीको नेतृत्व भर्खरै विशेष महाधिवेशनबाट चयन भएको हो। त्यसलाई फेरिहाल्नुपर्ने अवस्थामा म छैन,” उहाँले भन्नुभयो, “तर कांग्रेसका केही व्यवहार, कार्यशैली र नीतिमा सुधार गर्दै अघि बढ्नुपर्छ।”

उहाँले पछिल्लो चुनावी परिणाम आउनुमा नागरिकहरूले कांग्रेसमाथि पूर्ण विश्वास गर्न नसकेको पक्ष पनि रहेको स्वीकार गर्नुभयो। तर जनताले कांग्रेसलाई पूर्ण रूपमा अस्वीकार नगरेको उहाँको दाबी छ।

“जनताले हामीलाई ‘तिमीहरू चाहिँदैन’ भनेका होइनन्,” उहाँले भन्नुभयो, “बरु ‘तिमीहरू सुध्र’ भनेर दिएको जनादेश हो। त्यसैले हामी सुधारसहित फेरि जनताको सेवामा समर्पित हुने छौँ।”

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ

बाजुरामा चट्याङले ठुलो क्षति, ३९ बाख्राको मृत्यु

बाजुरा,१७ वैशाख । बाजुरामा चट्याङ लागेर ३९ बाख्रा मरेका छन् । बुधबार दिउँसो बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित राउते ओडार भन्ने स्थानमा चट्याङ पर्दा ठुलो