दमक, १३ चैत । यो जनताको आक्रोश होइन , आशा र अपेक्षा हो । गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा अत्याधिक मत सहित बालेन शाह बिजयी भएपछि खुसी , आशा र अपेक्षा अनि भरोसाले भरिएको भिड हो यो ।
यहि भिडले जिताएर पठाएको प्रतिनिधिसभा सदस्य बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्री बन्नु भएको छ।
निर्वाचनमा नै नारा थियो अबकी बार बालेन सरकार । देशभर घन्टीका उम्मेदवारलाई चिन्दै नचिनिपनी मतदाताले मत मार्फत जीताएका थिए । र आज संभव भयो बालेन सरकार ।
पुराना दल र नेताबाट अपेक्षित परिवर्तन नभएको भन्दै तिव्र विकास र परिवर्तनको अपेक्षा सहित यो पटक बालेन सरकार बनेको छ । देशले युवा र नयाँ प्रधानमन्त्री पाएकोमा गौरव महसुस गरिएको छ। झापा–५ का दुर्गा कुमार राजु श्रेष्ठले पछिल्लो समय देखिएको ‘जेनजी आन्दोलन’ ले देखाएको परिवर्तनको चाहना खेरजान नदिने गरि कामको परिणाम देखाउन सुझाब दिनु भएको छ ।
प्रत्येक घरमा रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै युवाहरू विदेश जान बाध्य हुने अवस्था अन्त्य हुनुपर्ने , तीव्र विकास होस भन्ने यहाँका मतदाताले अपेक्षा राखेका छन ।
साथीहरूसँग हिँडिरहेका बेला भेटिनु भएकी रुपा राई र उहाँका साथीहरूले देशमा सकारात्मक परिवर्तनको आवश्यकता औंल्याउनु भएको छ्।उहाँहरूले युवाहरूको भविष्य अन्धकार नहोस्, देशमै पढेका जनशक्तिको ज्ञान र सीपको सदुपयोग होस् भन्ने अपेक्षा व्यक्त गर्नु भएको छ।
अब देशमा विकास र परिवर्तनको नयाँ सुरुआत हुने अपेक्षा झापा ५ बासीको छ । देशको स्वच्छ विकास होस् र नेपाली भएकोमा गर्व गर्न पाउने वातावरण बन्ने अपेक्षा यहाँका नागरिकको बिश्वास छ ।
देश अहिले नयाँ राजनीतिक मोडमा पुगेको छ। ‘जेनजी आन्दोलन’पछि सम्पन्न निर्वाचनबाट बालेन्द्र शाह देशकै सबैभन्दा युवा प्रधानमन्त्री बनेसँगै आशा र अपेक्षा दुवै बढेका छन्।









