आफन्तीपनको कसिलो आत्मियतामा ‘डाँडापारिको मौन गीत’

जीवन संघर्षको विगत र आगत जोडिदा माहोल भावुक

पथरी, १५ चैत / ज्येष्ठ नागरिकहरुको उल्लेख्य भिडभाड जुट्यो । मोटरसाइकल, साइकल, सिटी रिक्सा र ट्रकमा समेत खाँदाखाँद गर्दै मानिसहरु उत्साहका साथ भेला भइरहेका थिए । यो कार्यक्रम भनें फरक मात्रै थिएन नौलो र आत्मियताको उच्च नमूना थियो ।

 

मान्छे व्यस्त बनेर आफ्‌नो मात्र दुनो सोझ्याउनमा ध्यान दिनेहुँदा आफन्तहरु टाढिँदै गएको यस परिवेशमा मोरङको पथरी शनिश्चरे ३ स्थित सिद्धेश्वर शिव पाञ्चायन मन्दिरको दृष्यले आफन्तीपनको कसिलो आत्मियताको उदाहरण प्रस्तुत गरेको थियो । जमघट थियो सोही वडाका पूर्व जनप्रतिनिधि तथा सर्जक देवीप्रसाद घिमिरेद्वारा लिखित जीवनीपरक संग्रह ‘डाँडापारिको मौन गीत’को लोकार्पण कार्यक्रमको । तीन पटक जनप्रतिनिधि हुनुभएका देवीका कुनै समयका समकालिन वडाध्यक्ष र हाल पथरी शनिश्चरे नगर प्रमुख बन्नु भएका कार्यक्रमका प्रमुख अतिथि मोहनप्रसाद तुम्बापोलाई पनि कार्यक्रम नौलो र लोभलाग्दो लाग्यो ।

 

पाँचथरको तात्कालिन हाङ्गुम ८ मा २०१९ सालमा जन्मिएर ६ वर्षको उमेरमा बुबाको दुर्घटनामा भएको निधनपछि जीवनमा व्यहोरेका संघर्षका कथाहरु, बिरामी परेर पल्लोफालबाट बचेको अवस्था समेटेर संस्मरणका रुपमा पहिलो कृति प्रकाशन गर्न पाएकोमा उहाँको खुसीको सीमा छैन । अनि यत्तिका धेरै आफन्तहरुका माझको कार्यक्रमले उहाँलाई धेरै भावुक बनायो । बुबाले मृत्युको अन्तिम घडीमा बुबाका साथी कृष्णबहादुर थापालाई देवीको हेरचाहको जिम्मा दिनु भएको प्रसंग अनि स्वयम् कृष्णबहादुर कार्यक्रममा उपस्थित भएको अवस्थाले विगत सबै आगत भएर झल्झल्ती हुँदै भावुकता छचल्कियो । ‘बुबालाई ढुंगाले किचेपछिको अवस्थामा सहयोग पुर्‍याउने अनि मलाई संरक्षणको जिम्मा लिने बुबाका साथी कृष्णबहादुर आज यहाँ हुनुहुन्छ ।’ – उहाँले बोल्ने क्रममा भक्कानिदै विगत र आगत जोड्नुभयो ‘मैले पहिलो कृति निकाल्दा मेरो जीवनसँग प्रत्यक्ष जोडिनु भएका आफन्तजनसहितको उपस्थितिले म जीवनमै ज्यादै खुसी र भावुक बनेको छु ।’

 

देवीले बुबा समानका अभिभावक कृष्णबहादुरका साथै बुबाको मायादिँदै कर्तव्यपथमा अघि बढाउनु हुने जेठो दाजू सोमनाथसहितका दाजूहरु, कर्मदिने आमा रुक्मिणा दहाल, आफ्‌नी माइली दिदीसहितका दिदीहरु तथा बृद्ध अवस्थामा पुगेका आफ्‌ना दर्जन बढी आफन्तलाई दोसल्ला ओढाएर सम्मानित गर्नुभयो । अनि हाङ्गुमे समाज अध्यक्ष थर्क बस्नेत, आफू पढेको उतैको इन्द्रावति मावि पूर्व शिक्षक मिलन केन्द्रका कोषाध्यक्ष कुलबहादुर थापा, आजीवन सदस्य कुमारी तामाङ, लेखक युवराज बास्कोटासहितलाई उसैगरी सम्मानपत्रले सम्मानित गर्न भ्याउनु भयो । सम्मानितहरुलाई पुस्तकसमेत उपहार प्रदान गर्नुभयो ।

 

कार्यक्रमको आयोजक कुनै साहित्यिक संस्था थिएन । घिमिरे परिवार नै आयोजक थियो । टाढा टाढादेखि आएका घिमिरे परिवारसहितका आफन्तहरुको बाहुल्यता रहेको कार्यक्रम साहित्यिक त छँदैथियो, तर त्यो भन्दा बढी पारिवारिक पुनर्मिलन र आत्मियता साटासाट अनि सम्मानको उत्सव बनेको थियो । जसको केन्द्रविन्दुमा रहेको ‘डाँडापारिको मौन गीत’ पुस्तकका बारेमा बोल्दै देवीका गुरु धरानका प्रा.डा.गोपाल भण्डारीले अक्षरको आँशुबाट जन्मिएको पुस्तक चम्कु काव्य बनेको बताउनु भयो ।

 

पुस्तकका सन्दर्भमा बोल्दै लेखक युवराज बास्कोटा यज्ञले आन्द्राको समस्याले अब बाँच्दिनकी भन्ने अवस्थाबाट निको भएर देवीले समाजलाई पुस्तक उपहार दिएर उदाहरणीय काम गर्नुभएको प्रसंग जोड्नु भयो ।

 

पुस्तकमा उहाँको संस्मरणसँगै गीत र भजनहरु पनि अटाइएको छ । त्यसका अलावा श्रीमती राधिकाका भजन, दाजूहरु रेवती, इन्द्रप्रसाद र भवानीका लेख पनि समावेश छन् । त्यसो त, विमोचन कार्यक्रममा छोरी उषाकिरणले उद्घोषण र दाजू इन्द्रप्रसादले सभाध्यक्षको भूमिका निर्वाह गरेर सृजनासँग पारिवारिक माहोल जोड्ने काम गर्नुभएको थियो । कृतिको आकर्षक आवरण सर्जक कृष्ण उदाशीले तयार गर्नुभएको छ ।

 

आफन्तहरुको माया, सद्भाव, प्रेरणा र सहयोगबाट आफू सृजनशील बनेर अगाडि बढ्न पाएको अवस्थालाई आत्मसाथ गर्दै उहाँहरुलाई गरेको सम्मानले अग्रजप्रतिको दायित्व र अनुजप्रतिको मायाको सद्भावपूर्ण अवस्था चरितार्थ गर्दथ्यो । जुन आत्मियता हराउँदै गएको आजको समाजका लागि ठूलो सन्देश होइन र ?

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा हावाहुरी : कहाँ कहाँ कस्तो असर र क्षती? पुर्व विवरण सहित

दमक, १२ जेष्ठ | गएराति वर्षासँगै आएको तीव्र हावाहुरीका कारण झापाका गौरादह, हल्दिबारी, दमक, बिर्तामोड तथा मेचीनगर क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ । विभिन्न

देशमा बादर आतङकको ठुलो बहस,के बादरलाइ मार्नु नै अन्तिम बिकल्प हो त ?

नेपालका धेरै गाउँ–सहरमा अहिले बादर आतंक एउटा ठूलो र जटिल समस्याका रूपमा देखा परेको छ। किसानले दुःख गरी लगाएको मकै, धान, गहुँ, आलु र तरकारीदेखि

नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,१२ जेठ ।प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

देशको अर्थतन्त्र मजबुत बनाउन स्थिर कर नीति र दीर्घकालीन कर्जा आवश्यकः धमला

काठमाडौं,१२ जेठ । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता

प्रधानमन्त्री महिनामा एक पटक संसदमा अनिवार्य उपस्थित हुनुपर्छः पद्मा अर्याल

काठमाडौं,१२ जेठ । नेकपा एमालेकी सांसद पद्मा अर्याल ले संसद प्रतिपक्षीको भएकाले प्रतिपक्षी दलले जनताको पक्षमा अधिकतम रूपमा संसदको उपयोग गर्नुपर्ने बताउनु भएको छ ।