केपी ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले बुझायो विरोध पत्र

जनकपुर,१५ चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले विरोध पत्र बुझाएको छ ।
आइतबार नेकपा एमाले धनुषाका पदाधिकारी सहित एमालेका नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाएको हो । विरोध पत्रमा कार्की आयोगको प्रतिवेदनको नाममा बाहाना बनाई नेपालको संविधानिक अभ्यासमा चोट पुग्ने हिसाबले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको उल्लेख रहेको छ । राजनीतिक प्रतिशोध, पूर्वाग्रह र शक्ति दुरुपयोगको आधारमा गरेको यस्तो क्रियाकलापले लोकतन्त्र, विधिको शासन र संविधानप्रतिको मौलिक हक अधिकारमा प्रश्न उठाएको पत्रमा उल्लेख रहेको छ ।

विरोध पत्रमा एमाले धनुषा कमिटिले पूर्वप्रधानमन्त्री ओलीलाई अविलम्ब रिहा गर्न माग गरेको छ । त्यस्तै, पत्रमा अराजक गृहमन्त्रीलाई खारेज गर्न पनि माग गरिएको छ । गौरी बहादुर कार्की नेतृत्वको प्रतिवेदनलाई पनि खारेज गर्नुपर्ने पत्रमा उल्लेख रहेको छ । त्यस्तै, जेनजी आन्दोलनको सत्य तथ्य छानबीन गर्न पनि पत्रमार्फत सरकार सरक्ष माग गरिएको छ । पत्रमा छानविन समिति गठन गर्नुका साथै भ्रष्टाचारीहरुलाई कारबाही गर्न माग गरिएको छ ।
विरोध पत्र बुझाउन जाँदा सयौँको संख्यामा नेता कार्यकर्ताहरुले मोटर साईकल र्याली निकालेका थिए ।

उहाँहरुले, केपी ओलीलाई तत्काल रिहा गर, विधिको शासन लागु गर, गँजेडी सरकार मुर्दाबादको नारा लगाएका थिए । शनिबार विहान केपी ओली र रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी:एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौँ, १९ असार । वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू माथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। वैदेशिक रोजगार

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौँ, १९ असार : संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई ७ देखि १० सम्म स्वीट्जरल्याण्डमा आयोजना गर्न लागेको ‘एआई फर गुड

खोला किनारका बासिन्दाको दुःख केही समयका लागि मात्रै होः लामिछाने

काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापनका क्रममा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसको सकारात्मक

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने धवलशम्शेरको चेतावनी

काठमाडौं,१९ असार । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिनु भएको छ। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै

निजामती कर्मचारी अस्पतालको नयाँ सेवा इकाई मन्त्रालयमै सुरु

काठमाडौं,१९ असार । निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ । आज शुक्रबारदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई

दोषीको सम्पत्ति रोक्का देखि विदेश यात्रामा प्रतिबन्धसम्म

काठमाडौं,१९ असार । सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सरकारले विधेयकमार्फत नयाँ प्रक्रिया अगाडि बढाएको छ । सरकारले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३