‘विदेशी पर्यटक

कोभिडपछि खुम्बु क्षेत्रमा आउने पर्यटकको संख्यामा वृद्धि

 

 

 

 

सोलुखुम्बु — तीन वर्षपछि खुम्बु क्षेत्रमा पर्यटकको आगमनले यहाँका व्यवसायीमा खुसीयाली छाएको छ । ‘विदेशी पर्यटक आउन थालेका छन्, अब तीन वर्षदेखि बन्द हाम्रो होटलको ढोका खुलेको छ,’ लुक्लाका होटल व्यवसायी रामकुमार तामाङले भने ।

नाम्चेका होटल सञ्चालक पनि उत्साहित छन् । ‘व्यवसाय ठप्प थियो, अब पर्यटक आउन थालेपछि आशा पलाएको छ,’ व्यवसायी छिमिकाल्देन शेर्पाले भने ।

पर्यटकीय सिजन सुरु भएसँगै खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । कोभिड महामारी मत्थर भएसँगै नेपाल आउने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको हो । मार्च १ देखि पर्यटन क्षेत्रको स्प्रिङ सिजन सुरु भएयता खुम्बुमा मात्रै ७ सय ५० पर्यटक भित्रिएका हुन् । १५ दिनको अवधिमा साढे ७ सय विदेशी पर्यटक भित्रिनु पर्यटन क्षेत्रका लागि सकारात्मक संकेत रहेको व्यवसायीहरूको प्रतिक्रिया छ ।

पछिल्लो समय दैनिक सयको हाराहारीमा पर्यटक खुम्बु भ्रमणमा आउन थालेका छन् । ‘सोमबार मात्रै १ सय २० विदेशी भित्रिए अनि ३५ बाहिरिए,’ सगरमाथा प्रदूषण नियन्त्रण समितिका उपाध्यक्ष लामाकाजी शेर्पाले भने । अहिले पदयात्राका लागि मात्रै पर्यटक आएका हुन् । मार्च अन्तिमदेखि पर्वतारोहणको टोली आउन सुरु गर्ने उपाध्यक्ष शेर्पाको भनाइ छ । कोभिडपछि खुम्बु क्षेत्रमा आउने आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धि भएको छ ।

पछिल्लो साता लुक्ला विमानस्थलमा हवाई उडान संख्या पनि बढेको छ । ८ हजार मिटर अग्ला ३ हिमाल रहेको खुम्बु क्षेत्रको एक मात्र प्रवेशद्वार लुक्ला विमानस्थलमा अहिले प्रतिदिन ३० भन्दा बढी उडान भइरहेको विमानस्थलका प्रमुख द्वारिका अछामीले जानकारी दिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तीन विश्वविद्यालयको उपकुलपति चयनका लागि अन्तर्वार्ता सुरु

काठमाडौं,१३ असार । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आजदेखि प्रारम्भ

सरकारी सफ्टवेयर केन्द्र स्थापनाको निर्णयप्रति प्रविधि क्षेत्रमा तरंग

काठमाडौँ,१३ असार । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत एउटा केन्द्रीय सफ्टवेयर विकास र सञ्चालन केन्द्र स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ। देशभरका सबै सरकारी

वर्षा नहुँदा देशभर धान रोपाइँको गति सुस्त

काठमाडौं,१३ असार । अपेक्षाअनुसार वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति सुस्त देखिएको छ । कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर ११.३३

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर