सुध्रन थाल्यो मालपोत र नापी

अव बिना ‘घुस’ सेवा, काम पनि समयमै

दमक,२८ चैत ।यो दृष्य हो झापा स्थित दमकमा रहेको मालपोत कार्यालयको । प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्रमा पर्ने यो मालपोत कार्यालयमा अहिले सेवाग्राहिहरुले सहजै सेवा पाउन थालेका छन् । केहि दिन सम्म पर्खनु पर्ने काम, केहि घण्टामै हुन थालेको छ भने कुनैपनि बिचौलीयालाई छिटो काम गराईदिनु भन्दै अतिरिक्त रकम पनि बुझाउनु पर्दैन । अनी अर्को कुरा हिजो पैसा तिरे पछि आफु बाहिरै आनन्दले बस्दा पनि हुन्थ्यो । कुन फाँटमा गएर के काम गर्ने भन्ने आम सेवाग्राहिले थाह पाउँदैन थिए । लेखापढि व्यवसायी वा यस सम्बन्धमा जानेका व्यक्तिलाई काम गराउन भन्दै पैसा दियो काम हुन्थ्यो । तर अहिले त्यो व्यवस्था छैन । अर्थात यसरी अरुको काम गराइदिन भन्दै कोहिपनि बिचौलीयालाई मालपोत र नापी कार्यालयमा प्रवेश निशेध छ । यसले गर्दा सेवा दिन सेवाग्राहि प्रत्यक्ष कार्यालयमा जानै पर्छ । यसो गर्दा राज्यलाई तिर्नुपर्ने निश्चित राजस्व बाहेक अन्य कुनैपनि शुल्क तिर्नुपर्दैन । सेवाग्राहिले अहिले सहजै सेवा पनि पाउन थालेका छन् ।

पहिला कर्मचारी र बिचौलीया बिचको सेटिङ हुने, सेवाग्राहिलाई कर्मचारीले हप्की दप्की गर्ने, त्यहि सेवाग्राहिको काम लिएर बिचौलीया गए सहजै काम हुने वातावरण थियो भन्दै सेवाग्राहिका गुनासा व्याप्त हुने गरेको थियो । तर अहिले कर्मचारी सुध्रीएका छन् । सेवाग्राहिसँग शिष्ट भाषा बोल्छन् । कुन फाँटमा गएर के सेवा लिने नझर्की संयमय भएर सम्झाउने गरेका छन् । काम पनि तिव्र गतीमा हुने गरेको अनुभव सेवा ग्राहिले गर्न थालेका छन् ।

मालपोत र नापी कार्यालयमा बिचौलीया छिर्न नपाउने भएपछि सुरु सुरुमा सेवाग्राहिलाई अन्यौल पनि हुन सक्छ । सँधै बिचौलीया मार्फतनै काम गराउन बानी परेपछि यसो भएको पनि हुन सक्छ । यो अवस्थालाई महसुस गरेर मालपोत कार्यालय दमकले सेवाग्राहिको सहजीकरण गर्न भनेर एक जना बेग्लै कर्मचारी खटाएको छ । ति कर्मचारीले सेवा लिन आउने सेवाग्राहिलाई फाटहरुको बारेमा जानकारी दिने तथा अन्य केहि प्राविधिक सहजीकरण गर्ने गरेको छ । यसले सेवाग्राहि कहाँ गएर आफुले सेवा लिने भन्नेबारेमा थाह हुन्छ र सहज सेवा प्रावह हुने गरेको दावि मालपोत र नापी कार्यालयका अधिकृतहरुको छ ।

आम सर्वसाधरणको बढि भीड लाग्ने सरकारी निकाय हो मालपोत र नापी कार्यालय । यो कार्यालयमा बिना घुस वा अतिरिक्त रकम नतिरे सम्म काम गर्नै मुस्किल हुन्छ भन्ने गरीको स्थिती बनाइएको थियो । तर अहिले बालेन शाहको नेतृत्वमा सरकार बनेपछि बिना घुस पनि मालपतो र नापी कार्यालयबाट सेवा पाउन सकिन्छ त्यो पनि बिना झण्जट भन्ने कुराको प्रमाणीत भएको छ । सुशाशन स्थापना गर्न लगाइएको यो नियमले निरन्तर्ता पाएमा सेवाग्राहिलाई अझ बढि राहत मिल्ने देखिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुरक्षा परिषद् बैठकः सुनसरी घटना र शान्ति सुरक्षाबारे छलफल हुँने

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहले सुरक्षा परिषद्को बैठक बोलाउनु भएको छ् । परिषद्का अध्यक्ष समेत रहनु भएको प्रधानमन्त्री शाहले आज बिहान साढे ११ बजे

विराटनगर विमानस्थलमा जुत्ताभित्र ब्राउन सुगर बरामद

विराटनगर,१४ साउन । विराटनगर विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा काठमाडौं पठाउन लागिएको स्पोट्र्स जुत्ताभित्र लुकाइएको ब्राउन सुगर बरामद भएको छ । घटनामा संलग्न आरोपमा एक

दुई पुस्ताको बिचमा, हामी

आज पनि कतिपय परिवारमा बाबु र छोरा बिच सम्पर्क नभएको देख्छु । छोरीसँग सञ्चार छ तर छोरासँग छैन । त्यसैगरी साथीको एक्लो छोरो विदेशमा समय खेर फाल्दै थियो ।

गढीमाई मन्दिरको ताला फोडेर बहुमूल्य गहना चोरी

रौतहट,१३ साउन । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ । गत साउन १० गते

सरकारद्वारा ९ विधेयक संसदमा पेस गर्न स्वीकृति

काठमाडौं,१३ साउन । सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका