मानव बेचबिखन मुद्दाका तीन फरार अभियुक्त ४ वर्षपछि पक्राउ

 

 

 

झापामानव बेचबिखन तथा ओसार पसार मुद्दाका तीन फरार अभियुक्त चार वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा साबिक तोपगाछी गाविस-६ हाल कमल गाउँपालिका-४ निवासी ४४ वर्षीया सीता केरुङ सम्बाहाम्फे, सोही ठाउँका ५० वर्षीय इन्द्र सम्बाहाम्फे र ४३ वर्षीय हंसराज केरुङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

झापा जिल्ला अदालतले  उनीहरूलाई २०७४ साल असार २८ गते मानव बेचबिखन तथा ओसार पसार मुद्दामा कैद सजाय तोकेको थियो। अदालतले तीनै जनालाई सात वर्ष ६ महिना कैद सजाय, एक लाख जरिवाना र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउनु पर्ने तोकेको छ ।

अदालतले गरेको फैसलादेखि नै फरार भएका उनीहरूलाई प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले चैत २ गते पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि झापा कारागार पठाउने तयारी भइरहेको डिएसपी पाठकले बताए।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर

शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

काठमाडौं,१२ असार । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू

धान दिवसले देख्ला त किसानको पिडा ?

काठमाडौं,१२ असार । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम

रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु