प्रधानमन्त्रीको क्षेत्रका सुकुमबासीहरुमा समेत डर र त्रास

दमक,१२ वैशाख । यहि गीत गाएर र यो गीतलाई एल्गोरिदम बनाएर धेरै भिडियो बने । गरिवका कोहि छैनन । कोहि बोल्ने भऐन्न भनेर गत चुनावमा यो गीत र यस्ता मनोभावना भएका गीत र भिडियोलाई भाईरल मात्र होईन, एल्गोरिदम नै बनाईयो । तर चुनाव जितेर सत्तामा पुगेपछि यहि गरिवको चमेली बोल्दिने कोहि छैनका गायक बालेन साह अहिले सरकारको बागडोर सम्हाली रहनु भएको छ । तर उहाँले सत्ता आरोहण गरेको एक महिना नहुदै गरिवको उठिबास लाग्यो । भागम भाग भयो । घरमा डोजर चल्यो । बस्ती क्षणभरमै उजाड भयो । छानोबिहिन भए गरिवका चमेलीहरु ।

काठमाडौको यो दृश्य र अबस्थाले उहीँ बालेनलाई सर्बाधिक मत दिएर जिताउने झापा ५ का सुकुम्बासीहरु समेत यतिबेला त्राहिमाम अबस्थामा छन । दमक ५ मा ढल्न आटेको एउटा बासको टहरा बनाएर बस्नु भएकि बिमाया बिक अनि चन्द्रा राई स्थाई बसोबास हुन्छ भनेर बालेनलाई भोट दिएको तर उठिबास लाग्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।

बसोबास भएकै ठाउमा लालपुर्जा र धनिपुर्जा पाउने आशमा झापा ५ बासी थिए । तर काठमाडौको सुकुमबासी बस्तिमा डोजर चलेपछि शसंकित भएका छन । दमक ५ कै दिनेश तिर्वा भन्नुहुन्छ बस्तिमा डोजर चलाउने, हटाउने हो भने त्यसको विकल्प दिन पर्यो, सुकुमबासीलाई चित्त बुझाउनु पर्यो । हैन भने बलजफ्ती कामले परिणाम दिन नसक्ने उहाँको भनाई छ ।

सरकारले प्रक्रिया पूरा नगरी जबर्जस्ति बस्तिमा डोजर चलाएको भन्दै चौतर्फ आलोचना खेपी रहेको छ । भुमी आयोग गठन भएको र त्यसले काम गरिरहेको बेला त्यही प्रक्रियालेनै सुकुम्बासीको वास्तविक लागत समेत निकाली रहेको थियो । तर ती सबै कामलाई बाईपास गर्दै प्रधानमन्त्री बालेनको निर्देशनमा बस्ती हटाईनु सरकारको हुकुमी शैली हो । भूमि ऐनले सुकुम्बासीहरूलाई सम्भव भएसम्म भोगचलन गरेकै ठाउँमा चार आनाजति जग्गा दिने भनेको छ। यति भन्दाभन्दै जग्गा दिनै नसकिने क्षेत्रको सूची पनि ऐनले तोकेको छ।
जग्गा वितरण गर्न नसकिने सूचीमा नदी किनारको क्षेत्र, मठ–मन्दिर आसपास, निकुञ्ज, वन, सडक किनार, सार्वजनिक जग्गा लगायत पर्छन्। यस्ता ठाउँमा सुकुम्बासीहरू बसोबास गरिआएका भए पनि उनीहरूलाई त्यही ठाउँको जग्गा दिन पाइँदैन। त्यहाँबाट अन्यत्र उपयुक्त ठाउँ हेरेर जग्गा दिन सकिन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको