दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औँ बुद्धजयन्तीका दिन बुद्धकै देशमा अशान्त फैलाउने र घटना भयो । बुद्ध पूर्णिमाको दिन बिहानैबाट बल्खुको सुकुमबासी बस्ती अशान्त छ। देश बनाउने हुटहुटीले भरिएको प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको सपना पुरा गर्न बन्दुकधारी नेपाल प्रहरी, सशस्त्र प्रहरी अनि लाठीधारी महानगरीय नगर प्रहरी बिहानै डोजर अनि एक्स्काभेटर लिएर बस्तीमा पुगेका थिए। यसरी एक दिन भएपनि शान्तले बस्न पाउने पावन अवसरमा समेत बालेन सरकारले ती गरिव तथा विप्पन्नको मन बेचैन बनाइदियो । अशान्त पारीदियो । सिङ्गो गाउँनै त्रासदीमा रुपान्तरण गरिदियो ।
आज २५७०औँ बुद्धजयन्तीको अवशरमा देशभरी कार्यक्रम भयो । मानव साङ्गलो सहित निकालीएको र्याली, बिभिन्न गुम्वामा गएर गरिएका हरेक प्राथनाले नेपालमा शान्त्ती छावोस भन्ने कामना गरिरहिएको थियो । एकातिरबाट शान्त्ती मागरी रहिएको थियो , अर्कोतर्फबाट राज्यले अशान्त मच्याइ रह्यो ।
यद्यपी बुद्ध दर्शन सामाजिक–राजनीतिक प्रभावलाई ‘क्रान्तिकारी’ रूपमा व्याख्या गर्दै बुद्ध दर्शनका अध्येता, विश्लेषक तथा सामाजिक अभियन्ता बुद्ध छिरिङ मोक्तान भन्नु हुन्छ ‘ बुद्ध धर्मले समाजमा विद्यमान उच्च–निम्न विभाजनलाई चुनौती दियो र समानताको अवधारणा स्थापित गर्यो । ‘बुद्धिजन्मले सामाजिक विभाजनलाई तोडेर राजनीतिक रूपमा पनि ठूलो परिवर्तन ल्यायो । यसले तल्लो वर्गका मानिसलाई पनि सत्तामा पुग्ने अवसर दियो,’ आर्थिक दृष्टिले पनि बुद्ध धर्मको प्रभाव महत्वपूर्ण रहेको उहाँको भनाई छ ।
तर मोक्तानले भनेजस्तो परिणाम नेपालले पाउन सकेको छैन । विशेषगरी मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनमा बुद्ध दर्शनको प्रभाव उल्लेखनीय रहेको अर्का अध्याता खेम्बरदह गेल्छेनले बताउनु भयो । झापाको दमकमा रहेको गुम्वामा अध्यापन गराउनु हुने गेल्छेन भन्नु हुन्छ ‘ शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने छ ।’
हाम्रो ज्ञान प्रणाली केवल सजावटका लागि मात्र होइन, यो जीवन र समाज निर्माणको आधार हो । बुद्ध दर्शनका अध्यताहरुका अनुसार सत्य (सत), चेतना (चित) र आनन्द (आनन्द) प्राप्त गर्न बुद्ध दर्शनको सही अभ्यास आवश्यक छ । बुद्ध जयन्तीलाई केवल औपचारिकतामा सीमित नगरी त्यसको सन्देश व्यवहारमा उतार्न आवश्यक छ ।









