हराउँदै मानवीयता र धैर्यता

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औँ बुद्धजयन्तीका दिन बुद्धकै देशमा अशान्त फैलाउने र घटना भयो । बुद्ध पूर्णिमाको दिन बिहानैबाट बल्खुको सुकुमबासी बस्ती अशान्त छ। देश बनाउने हुटहुटीले भरिएको प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको सपना पुरा गर्न बन्दुकधारी नेपाल प्रहरी, सशस्त्र प्रहरी अनि लाठीधारी महानगरीय नगर प्रहरी बिहानै डोजर अनि एक्स्काभेटर लिएर बस्तीमा पुगेका थिए। यसरी एक दिन भएपनि शान्तले बस्न पाउने पावन अवसरमा समेत बालेन सरकारले ती गरिव तथा विप्पन्नको मन बेचैन बनाइदियो । अशान्त पारीदियो । सिङ्गो गाउँनै त्रासदीमा रुपान्तरण गरिदियो ।

आज २५७०औँ बुद्धजयन्तीको अवशरमा देशभरी कार्यक्रम भयो । मानव साङ्गलो सहित निकालीएको र्याली, बिभिन्न गुम्वामा गएर गरिएका हरेक प्राथनाले नेपालमा शान्त्ती छावोस भन्ने कामना गरिरहिएको थियो । एकातिरबाट शान्त्ती मागरी रहिएको थियो , अर्कोतर्फबाट राज्यले अशान्त मच्याइ रह्यो ।

यद्यपी बुद्ध दर्शन सामाजिक–राजनीतिक प्रभावलाई ‘क्रान्तिकारी’ रूपमा व्याख्या गर्दै बुद्ध दर्शनका अध्येता, विश्लेषक तथा सामाजिक अभियन्ता बुद्ध छिरिङ मोक्तान भन्नु हुन्छ ‘ बुद्ध धर्मले समाजमा विद्यमान उच्च–निम्न विभाजनलाई चुनौती दियो र समानताको अवधारणा स्थापित गर्यो । ‘बुद्धिजन्मले सामाजिक विभाजनलाई तोडेर राजनीतिक रूपमा पनि ठूलो परिवर्तन ल्यायो । यसले तल्लो वर्गका मानिसलाई पनि सत्तामा पुग्ने अवसर दियो,’ आर्थिक दृष्टिले पनि बुद्ध धर्मको प्रभाव महत्वपूर्ण रहेको उहाँको भनाई छ ।

तर मोक्तानले भनेजस्तो परिणाम नेपालले पाउन सकेको छैन । विशेषगरी मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनमा बुद्ध दर्शनको प्रभाव उल्लेखनीय रहेको अर्का अध्याता खेम्बरदह गेल्छेनले बताउनु भयो । झापाको दमकमा रहेको गुम्वामा अध्यापन गराउनु हुने गेल्छेन भन्नु हुन्छ ‘ शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने छ ।’

हाम्रो ज्ञान प्रणाली केवल सजावटका लागि मात्र होइन, यो जीवन र समाज निर्माणको आधार हो । बुद्ध दर्शनका अध्यताहरुका अनुसार सत्य (सत), चेतना (चित) र आनन्द (आनन्द) प्राप्त गर्न बुद्ध दर्शनको सही अभ्यास आवश्यक छ । बुद्ध जयन्तीलाई केवल औपचारिकतामा सीमित नगरी त्यसको सन्देश व्यवहारमा उतार्न आवश्यक छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको