दमकका सुकुमबासीको माग

“ हामीलाई जहाँ बसेको छ त्यही स्थापित गरियोस् , डोजर आतंक तुरुन्तै बन्द गरियोस् “

दमक , २८ वैशाख । हालै काठमाडौ सहित देशका विभिन्न स्थानहरुका भुमीहीन दलित सुकुमबासी तथा अव्यवस्थीत बसोबास माथी राज्यबाट भएको दमन अमानवीय व्यावहार र बल पुर्वक हटाउने र्काय प्रति झापाको दमकका सुकुमबासीहरुले चिन्ता प्रकट गरेका छन । यहाको वाडा न.१० का भुमीहीन दलीत सुकुमबासी तथा अव्यवस्थीत बसोबास समीतीको तर्फबाट सोमबार ध्यानकर्षण पत्र दमक १० वाडा र्कायलयमा बुझाएका छन् ।

उनीहरुले “सम्पुर्ण भूमिहिन दलित सुकुमबासी एक हौँ।हाम्रो बसोबासलाई वैधानीकता देउ,सत्ता होइन,समाधान चाहीयो,हामीलाई पनि बाँच्न देउ,भूमिहिन दलितलाई न्याय गर —हटाँउने होइन व्यवस्थापन गर,भुमीहिनलाई भुमी देउ, सुकुमबासीको अधिकार सुनिश्चित गर,हाम्रो बास हाम्रो अधिकार सुकुमबासी अधिकार —सुकुमबासी समस्या समाधान गर,बालेन तेरो पाराले दुख पाए साराले ,सम्पुर्ण सुकुमबासी एक हौँ।जस्ता विभिन्न नारा लेखेका पलेकाड सहित सुकुमबासी वाडामा शान्तिपुर्ण उपस्थीत थिए। राज्यबाट अब असुरक्षीत मानसीक दबाब सहन नसक्ने भन्दै हाल सम्म ३ जना सुकुमबासी नागरीकको मृत्युले देशलाई स्तबद बनाएको भन्दै उनीहरुले दुख समेत व्यक्त गरेका छन ।

वास्तविक भुमीहीन सुकुमबासी तथा अव्यवस्थीत बसोबासको यार्थथ छानबीन नगरी बल पुर्वक हटाँउने त्रसीत बनाँउने वा विस्थापीत गर्ने र्काय कुनै पनि हालतमा स्वीर्काय नहुने भन्दै उनिहरुले बालेन सरकारको आलोचना समेत गरे ।
राज्यले बस्तिमा डोजर चलाउदा महिला ,बालबालीका जेष्ठ नागरीक,गर्वती,शुत्केरी आमामाथी दमन गरेको उनीहरुको ठहर छ । दमक—१० को सेतुमारी र नलबारी नदी उकास क्षेत्रमा बसोबास गर्ने भुमीहीन सुकुमबासी र अव्यवस्थीत बसोबासी दलीत समेत बसोबास गरेका छन्।

विभिन्न समयमा गठीत आयोगबाट जग्गा,नाप जाँच गरी वर्तमान गठित आयोगबाट अस्थायी नीस्सा प्राप्त गरेको अवस्थामा राज्यबाट अन्याय पुर्ण बसोबास उठाँउने कुरा प्रती गभीर आपती जनाएका छन्।वास्तवीक छानवीन वैधानीक व्यवस्था गरी समधान विना सुकुमबासीलाई हटाँउने कुरामा दमक—१० को वाडालाई ध्यानर्कषण गराएको छ।मानवता न्याय र संवैधानीक अधिकारको सम्मान गर्न आग्रह आग्रह गर्दै उनीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । वर्षौंदेखि बसोबास गर्दै आउनु भएकी पबि धिमाल काठमाडौंमा डोजर चलेपछि यहापनी चल्ने होकि भन्ने डर र त्रासले वार्डमा आएको बताउनु हुन्छ ।

बासका खाबा, खर र टिन लगाएर बनेका बस्तिमा सरकारले डोजर चलाएर बहादुरी देखाउने गरेको भन्दै उनिहरुले त्यस कार्यको निन्दा गरेका छन । वर्षौदेखी बस्दै आएको ठाउमा नै आफुहरुलाई स्थापित गर्ने उहाँले यहि क्षेत्रबाट समेत निर्वाचित बन्नु भएका प्रधानमन्त्री शाहासँग माग राख्नु भएको छ । दमक १० कै अर्का भुमिहिन सिप कुमार धिमाल । स्थानीय सरकार सधै जनताको पक्षमा हुन्छ।वास्तवीक सुकुमबासीलाई व्यवस्थीत गर्ने पक्षमा स्थानीय सरकार जनसरोकारसँग जोडीएको कारण सधै जनतालाई दुख सुखमा साथ दिने विश्वास दिलाँउनु हुन्छ दमक—१० का वार्ड अध्यक्ष राजेन्द्र भण्डारी।निस्सा प्रदान गरेको र वास्तविक सुकुमबासीलाई सुरक्षीत गर्न जनताको पक्षमा हर कदम हुने र सबै एक भएर आवाज उठाँउन पनि उहाले आग्रह गर्नुभएको छ । त्यहा आफ्नो साथ र समर्थन रहने पनि उहाँले प्रतिबद्धता जनाउनु भयो ।

नयाँ सरकारले सुकुमबासीलाई व्यवस्थीत गर्ने कुरालाई अलि लापारबाही गरेको होकी भन्ने भएर ध्यानर्कषण पत्र सुकुमबासीले बुझाएका छन्।पुर्खौ देखी खोलासँग जुदै दस नङग्रा ख्याएर दुख गर्दै आएको तर त्यही जमीन पनि खोसीने डरमा दमकका सुकुमबासी त्राहिमाम अबस्थामा छन । स्थानीय सरकारले निसा दिए पनि धनि पुर्जा पाउने आस थियो तर नयाँ सरकार आए पछि निसाले काम नगर्ने रहेछ भन्ने अनुभव गर्न थालेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको