कोशी प्रदेशमा हुँदै छ प्राविधिक तथा व्यवसायीक सीप मेला

दमक , २८ वैशाख । कोशी प्रदेशका SEE दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै विराटनगरमा वृहत् प्राविधिक तथा व्यावसायिक शिक्षा मेला तथा सीप प्रदर्शनी आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) कोशी प्रदेश कार्यालयको संयुक्त आयोजनामा विराटनगरस्थित श्री आदर्श माध्यमिक विद्यालयमा आगामी २०८३ साल जेठ २ र ३ गते मेला सञ्चालन हुने जनाइएको छ।

“सीप आजको आवश्यकता, भविष्यको सुनिश्चितता” भन्ने नारासहित आयोजना हुन लागेको मेलाले SEE उत्तीर्ण विद्यार्थीलाई भविष्यको अध्ययन र करिअर छनोटमा सहयोग गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। मेलामा कोशी प्रदेशका १४ जिल्लाका विद्यालयबाट शिक्षक, विद्यार्थी, अभिभावक तथा जनप्रतिनिधिहरूको सहभागिता रहनेछ।
मेलामा स्वास्थ्य, इन्जिनियरिङ, कृषि, सूचना प्रविधि र हस्पिटालिटी लगायतका क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूले प्रत्यक्ष सीप प्रदर्शन गर्नेछन्। साथै ४० वटा शैक्षिक स्टलमार्फत विभिन्न कलेज, तालिम प्रदायक संस्था र अध्ययन अवसरबारे जानकारी उपलब्ध गराइनेछ।

त्यसैगरी करिअर काउन्सेलिङ, छात्रवृत्ति तथा भर्ना प्रक्रिया सम्बन्धी जानकारी, रोजगार र उद्यमशीलतासम्बन्धी मार्गदर्शन तथा विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ।
मेलाको उद्घाटन जेठ २ गते बिहान ९ बजे हुने र दुई दिनसम्म चल्ने प्रदर्शनीमा हजारौँको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार, प्रतिस्पर्धात्मक समयमा प्रमाणपत्रसँगै व्यवहारिक सीप आवश्यक भएकाले विद्यार्थीलाई समयमै सही करिअर मार्गदर्शन दिन मेला महत्वपूर्ण अवसर बन्ने विश्वास गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा भोटेकोशी बाढीको कहर : ६१६ जनाको शव फेला, २३ सयभन्दा बढीको उद्धार

काठमाडौं , भदौ १३ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।नेपाल प्रहरीले शनिबार बिहान ७ बजे

बाढीपीडितको सहयोगमा त्रिभुवन विश्वविद्यालय, पदाधिकारी र कर्मचारीले उद्धार कोषमा रकम दिने

काठमाडौं , भदौ १३ । त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको

‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिँदैन’ : कुलमान घिसिङ

काठमाडौं , भदौ १२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा,

काठमाडौं उपत्यकामा विद्युत आपूर्ति प्रभावित, समस्या कहाँ र किन भयो र ?

काठमाडौं , भदौ १२ । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको

बाढीपीडितको पीडामा ओएनएफको साथ, २० लाख सहयोगसहित विश्वव्यापी राहत अभियान

काठमाडौं , भदौ १२ । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका

बाढीले बिछोडिएका आफन्तको खोजी, अस्पताल धाउँदै पीडितको एउटै आशा ‘सास नभए लास भेटियोस्’

काठमाडौं , भदौ १२ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा