थप अनुसन्धान जारी

अभद्र व्यवहार गरेको अभियोगमा ३ जना पक्राउ

 

 

 

काठमाडौं ।

काठमाडौं महानगरपालिका-२० कोहिटीस्थित बस्ने १८ वर्षीय किशोर र एक जना नाबालकलाई अभद्र व्यवहार सार्वजनिक स्थानमा हातपात गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२१ लगन घर भएका ३० वर्षीय अनिज नेपाली, सोही ठाउँ बस्ने ३० वर्षीय सुमन नेपाली र १६ वर्षीय किशोर रहेका छन् ।

होलीमा भएको विवादलाई पुनराबृत्ति गरी भोटेवहाल बस्ने केही व्यक्तिहरुले अभद्र व्यवहार गरेको सूचना प्राप्त हुनासाथै महानगरीय प्रहरी कन्ट्रोल कक्ष र क्विक रेस्पोन्स टिमबाट खटिएको प्रहरीले पीडितहरुलाई उद्दार गरी उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाएको थियो । घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त जनसेवाबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।