४ जीपीए ल्याउने स्वीकृतिलाई पञ्चायतको सम्मान

३.६ भन्दा माथिको जीपीए ल्याएका ८ जनालाई कक्षा ११ र १२ मा निःशुल्क अध्ययनको व्यवस्था ।

पथरी शनिश्चरे ६ जेठ /  मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित पञ्चायत माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए हासिल गर्न सफल छात्रा स्वीकृति निरौलालाई विशेष सम्मान गरेको छ ।

 

विद्यालय परिसरमा आयोजित सम्मान कार्यक्रममा स्वीकृतिको सर्वोत्कृष्ट नतिजाले विद्यालयसँगै समग्र नगरकै शैक्षिक प्रतिष्ठा बढाएको  भन्दै ४ जीपीए ल्याउन सफल छात्रा स्वीकृतिलाई ५० हजार नगद तथा सम्मानपत्रले सम्मानित गरिएको छ । सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले निरन्तर मेहनत, अनुशासन र अध्ययनबाट उत्कृष्ट सफलता हासिल गर्न सकिने उल्लेख गर्दै अन्य विद्यार्थीलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

 

छात्रा निरौलासहित विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गर्ने अरु विद्यार्थीहरुलाई पनि सम्मान गरिएको हो । सोही कार्यक्रम मार्फत ३.६ जीपीए भन्दा माथि जीपीए हासिल गरेका ८ जना विद्यार्थीलाई हाल सोही विद्यालयले सञ्चालन गरिरहेका विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, पत्रकारिता, कानुन लगायतका विभिन्न विषयहरूमा कक्षा ११ र १२ मा अध्ययन गर्दा कुनै पनि शुल्क नलाग्ने, ७५ हजार बराबरको छात्रावृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक बुढाथोकीले घोषणा गर्नुभएको थियो ।

सामुदायिक विद्यालयबाट ४ जीपीए हासिल गर्नु गौरवको विषय भएको भन्दै आगामी दिनमा पनि उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने विद्यालय प्रशासनले जनाएको छ ।

वडा नम्बर १ का वडाध्यक्ष भीमकुमार राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष युवराज बास्कोटा, पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, विद्यालयका सञ्चालक समितिका पदाधिकारीहरू , शिक्षक विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोटरसाइकल दुर्घटना,उपचारको क्रममा दुई जनाको मृत्यु

तनहुँ १८ असोज । तनहुँको भानु नगरपालिका(१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५

सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय नेतृत्वका लागि अन्सारी र मनोज साहबीच

शिक्षामन्त्री भन्नुहुन्छ,दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

कर्णाली १८ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दशौं खेलकुदको मूल आयोजक समितिको

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय