छलफलमै भाग नलिने सांसद किन चाहियो : वर्षमान पुन

काठमाडौं,६ जेठ ।नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारको नियतमाथि प्रश्न उठाउनु भएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सत्तापक्षको सांसदहरुले निरीह देखिएको बताउनु भएको हो। छलफलमै भाग नलिने, सरकारमा बसेका केही कार्यकारीले ल्याइदिएपछि हुने भए यति धेरै सांसद किन चाहियोरु भन्दै प्रश्न समेत उहांले गर्नुभयो ।
उन.हाँले भन्न्ु भयो,‘सत्तापक्षका माननीयज्यूहरू पनि अलि निरीह जस्तो, ’सरकारले ल्यायो क्यारे, मान्दिने’ जस्तो देखिनुभयो। उहाँहरूले भोलि आफ्नो निर्वाचन क्षेत्रमा जबाफ दिनुपर्छ। यो छलफलमै भाग नलिने, सरकारमा बसेका केही कार्यकारीले ल्याइदिएपछि हुने भए यति धेरै सांसद किन चाहियोरु’
सांसद पुनले पुनले बजेट प्रस्तुत गर्नु १५ दिनअगावै छलफल सकाउनुपर्ने कानुनी व्यवस्था भए पनि समय घर्काएर संसद् बोलाउँदा एक दिनमै छलफल सकाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बतानु भयो।

‘एकातिर सरकारको नियत संसद् छल्ने, ढिलो गरी बोलाउने अनि बाध्यात्मक ट्र्यापमा पार्ने जस्तो देखियो, त्यो हामीले उठायौँ ।’
यद्यपि, आगामी दिनमा विगतमा झैँ चैत १५ तिरै अलि समय लिएर छलफल गर्ने र उठेका विषयका आधारमा बजेट बनाउने कुरामा सरकारले प्रतिबद्धता जनाएको उहांले जानकारी दिनुभयो।

समयको चापका बाबजुद बजेटका सिद्धान्त र प्राथमिकतामाथि भने करिब तीन दिन पर्याप्त छलफल भएको पुनले बताउनु भयो। तर, बीचमा अन्य विधेयकहरू राख्दा यस विषयले अलि कम समय पाएको उहांको भनाइ छ।

छलफलका क्रममा सत्तापक्षका सांसदहरूको भूमिकामाथि टिप्पणी गर्दै पुनले भन्नुभयो,

सांसद पुनले सरकारको नीति तथा कार्यक्रम र प्राथमिकताहरूमा विरोधाभास देखिएको बताउनु भयो।

उहाँले सरकारलाई आफ्नो गन्तव्य र वैचारिक धरातल स्पष्ट पार्न चुनौती दिनुभयो। ‘हामी कम्युनिस्ट होइनौँ भन्नुभएको छ, नवउदारवादी पनि होइनौँ भन्नुभएको छ, हो के त उहाँहरूरु’

अर्थमन्त्री अनुभवी भए पनि नयाँ जनमतमा आएकाले स्पष्ट दृष्टिकोण राख्नुपर्ने पुनको सुझाव छ। उहांले सार्वजनिक, निजी र सहकारीलाई सँगसँगै हिँडाउने तीनखम्बे अर्थनीति प्रष्ट गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिब÷विपन्नलाई राहत दिने बजेट ल्याउन सुझाव दिनुभयो।
प्रधानन्यायाधीश नियुक्तिको सिफारिस प्रक्रियामा पनि सत्तापक्षले हतार गरेको पुनले बताउनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिकी राजदुतसग भेटेर उद्योग मन्त्रीले के के भन्नु भयो

काठमाडौँ, ३२,असार। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत (CDA) स्कट अर्बम (Scott Urbom) बीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी