वडाध्यक्ष घोषणा

स्थानीय तहको निर्वाचन, कमल ५ मा राम थापा वडाध्यक्षका उम्मेद्वार (भिडियोमा हेरौ)

दमक/
नाम : राम बहादुर थापा (बाबुराम)
पेषा : ट्याक्सी ड्राईभर
उमेर : ३३ वर्ष
शैक्षिक योग्यता : कक्षा नौ पास
संघ सस्थामा आवद्ध : नेपाल यातायात मजदुर सघंको साधाराण सदस्य, हलुका यातायत व्यवसायीसघं साधरण सदस्य, दृष्टिकोण यूवा क्लवको अध्यक्ष, केर्खा पत्रकार मञ्चको पूर्व सचिव ।
राजनैतिक यात्रा : शहिद धर्मभक्त मावि अनेरास्ववियू कमिटीको प्ररम्भिक अध्यक्ष (२ वर्ष), अनेरास्ववियू जिल्ला भेलाको प्रतिनिधी, १४ वर्ष नेकपा माओवादी केन्दको पार्टि सदस्य, साविक लखनपुर गाविसको वाइसिएलको अध्यक्ष, स्थानीय तह बनेपछि कमल गाउँपालिकाको वाइसिएलको सचिव , एमाले र माओवादि एकता भएपछि नेकपाको कमल गाउँपालिका वडा नं ५ को सदस्य, २ वर्ष अघी नेपाल समावेशी पार्टिको केन्द्रिय सदस्य ।-

उल्लेखीत योग्यता भएका यूवा हुन राम थापा (बाबुराम) । यूवा जोस र जाँगरका यूवा कमल गाउँपालिका वडा नं ५ को क वडाध्यक्षको उम्मेद्वार बन्नु भएको छ । विभिन्न पार्टिमा लागेर संघर्ष गर्दै आउनु भएका थापा अन्य पार्टिबाट परिवर्तन नहुने देखेपछि अहिले नेपाल समावेशी पार्टिमा लाग्नु भएको छ । यो पार्टिबाट नै देशमा समृद्धि आउँछ भन्ने विस्वासका साथ उहाँ साविक एमाले र मावोवादी तथा पछिल्लो समय नेकपा पार्टि परित्याग गरेर समावेशी पार्टिमा लाग्नु भएको हो ।

यहि पार्टिबाट थापा कमल गाउँपालिकाको वडा नं ५ को वडाध्यक्ष बन्नु भएको छ । यूवाको जोस र जाँगरले भरिएका थापाले वडालाई समृद्ध र समान विकास गराउन आफ्नो उम्मेद्वारी दिइएको उहाँले उज्यालो खवरसँगको संक्षीप्त कुराकानीमा बताउनु भयो ।

अहिले भएको विकास राजनैतिकल दलले आफ्ना कार्यकर्ता र आफन्त केन्द्र्ति मात्रै गरेको भन्दै उहाँले समावेशी विकासका लागि आफ्नो उम्मेद्वारी रहेको उल्लेख गर्नु भयो ।

नेपाल समावेशि पार्टिले आगामी स्थनिय तहको चुनावकालागि उम्मेद्वार घोषणा गरेको छ ।

‘वडामा समान विकास र सबै क्षेत्रमा समावेसी अधिकार स्थापीत गराउन आफुले उम्मेद्वारी दिएको हु ।’ थापाले बताउनु भयो । यहाँ रहेका उत्पीडनमा रहेका वर्गहरुको उत्थानका लागी आफुले काम गर्ने थापाले उद्धघोष गर्नु भएको छ ।

यस्तै नेपाल समावेशी पार्टिले यो वडाको महिला वडासदस्यमा पनि उम्मेदवारी घोषणा गरिएको छ । २४ वर्षीया सुप्रीया ओझा बजगाईलाई महिला वडा सदस्यको उम्मेद्वार बनाइएको पार्टिका प्रदेश अध्यक्ष तथा केन्द्रिय सदस्य चन्द्रविर लिम्बु(माङ्गलाक)ले जानकारी दिनुभयो ।

ब्यूटिसियनको पेषामा आवद्ध ओझाले वडामा भएका महिला हिंसा बन्त्य गर्न आफुले उम्मेद्वारी दिइएको जानकारी दिनुभयो ।

पार्टिले आगामी स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गतेका लागि पहिलो पटक उम्मेद्वार झापाको कमलमा गरेको पनि उहाँले जानकारी दिनुभयो ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर

शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

काठमाडौं,१२ असार । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू

धान दिवसले देख्ला त किसानको पिडा ?

काठमाडौं,१२ असार । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम

रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु