राज्यको तर्फबाट खेलकुद क्षेत्रलाई पर्याप्त सम्मान र सुविधा दिन सकेको छैन :मन्त्री पोखरेल

काठमाडौं,७ जेठ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साफ महिला च्याम्पियनसिप खेल्न भारत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गर्दै खेलकुद क्षेत्रमा राज्यले अझै पर्याप्त काम गर्न नसकेको स्वीकार गर्नु भएको छ ।

बिहीबार आयोजित बिदाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले आत्मआलोचनासहित राज्यको तर्फबाट खेलकुद क्षेत्रलाई पर्याप्त सम्मान र सुविधा दिन नसकिएको बताउनु भएको हो । उहाँले सीमित स्रोत र साधनकाबीच भए पनि खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मान बढाउने प्रयास जारी रहने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले भन्न्ुा भयो, ‘राज्यले आत्मआलोचनाबाट जति खेलाडीहरूको लागि गर्नुपर्ने हो त्यति गर्न सकेको छैन । खेलकुद क्षेत्रलाई जति सम्मान दिनुपर्ने हो त्यति दिन सकेका छैनौं । हाम्रो सीमित स्रोत र साधनलाई प्रयोग गरेर खेलकुद क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ र खेलाडीलाई कसरी सम्मान गर्न सकिन्छ भन्नेमा हामी प्रयत्नशील छौं ।’

त्यस्तै उहाँले नेपाली खेलाडीहरूले देशको प्रतिनिधित्व गर्दै राष्ट्रिय झण्डालाई गर्वका साथ उचालिरहेको उल्लेख गर्दै धन्यवाद व्यक्त गर्नु भयो ।
मन्त्री पोखरेलले प्रतियोगिताबारे आशावादी हुँदै भन्नु भयो,‘अब खेल हो, जे पनि हुन सक्छ । जित्नै पर्छ भन्ने छैन, तर हाम्रो आत्मविश्वास बलियो छ, त्यसैले नेपालले यो खेल जित्ने विश्वास छ ।’यसैगरी उहाँले खेलकुद क्षेत्रको विकासमा लगानी बढाउनेतर्फ सरकार प्रयत्नशील रहेको बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोटरसाइकल दुर्घटना,उपचारको क्रममा दुई जनाको मृत्यु

तनहुँ १८ असोज । तनहुँको भानु नगरपालिका(१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५

सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय नेतृत्वका लागि अन्सारी र मनोज साहबीच

शिक्षामन्त्री भन्नुहुन्छ,दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

कर्णाली १८ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दशौं खेलकुदको मूल आयोजक समितिको

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय