सरकारी कर्मचारीको तलब बढाउने सरकारको तयारी , के अब सरकारी कर्मचारीको दिन फेरिएला त ?

काठमान्डौ, १० जेठ ।भत्ता पुनरावलोकन समिति’ले सरकारी कर्मचारीहरुको तलब बढाउन सिफारिस गरेको छ ।

 

मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको ‘तलब भत्ता पुनरावलोकन समिति’ले आगामी आर्थिक वर्षका लागि कर्मचारीहरुको तलब बढाउन सरकारलाई सिफारिस गरेको हो ।

 

हाल मुलुकमा देखा परेको महँगी र मौजुदा ऐनमा गरिएको व्यवस्थालाई टेकेर समितिले सरकारी कर्मचारीहरुको न्यूनतम र अधिकतम तलबको सीमा तोक्न पनि सरकारलाई सुझाव दिएको छ ।

 

समितिले तल्लो तह -कार्यालय सहयोगी{_ का कर्मचारीको तलब २७ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको छ । त्यस्तै, समितिले सबैभन्दा माथिल्लो तह –मुख्यसचिव_ का कर्मचारीको तलब ५६।७१ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको छ ।

 

अर्थात, हाल २७ हजार ६ सय १२ रुपैयाँ तलब रहेको कार्यालय सहयोगीको तलब ३५ हजार र ७७ हजार २ सय ११ रुपैयाँ रहेको मुख्यसचिवको तलब बढाएर १ लाख २१ हजार रुपैयाँ पुर्याउन सिफारिस गरिएको छ ।

 

यसअघि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७९र८० मा कर्मचारीको तलब १५ प्रतिशतले बढाएका थिए । त्यसयता कर्मचारीको तलब बढेको छैन । गत वर्ष कर्मचारीको तलब वृद्धि गरिने भनिए पनि राजस्वले नधान्ने भन्दै सरकार तलब वृद्धि गर्ने तयारीबाट पछि हटेको थियो । तर, यसपटक भने कर्मचारी तलब वृद्धि हुने सम्भावना रहेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताpg’ ePsf] 5 ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उद्योग वाणिज्य क्षेत्रका समस्या समाधान गर्न संसदीय समितिको पहल

काठमाडौं,१९ असोज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकार र

प्रधानमन्त्री र कांग्रेस नेता आङदेम्बे बीच भेटवार्ता

काठमाडौं,१९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नु भएको छ । सोमबार भएको भेटवार्तामा रसुवाका

मन्त्रिपरिषद्का पाँच निर्णय स् नर्वेबाट १० करोड अनुदानदेखि जेनजी आन्दोलनका मुद्दासम्म

काठमाडौं ,१९ असोज। मन्त्रिपरिषद्को गत असोज ९ गते बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दे सरकारका प्रवक्ता सस्मित

हतियारसहित काँकडभिट्टा नाकाबाट भारतीय नागरिक पक्राउ

झापा,असोज १९ । नेपालमा हतियार भित्र्याउन खोज्ने एकजना भारतीय पक्राउ परेका छन् । काँकडभिट्टा नाका हुँदै नेपालमा हतियार भित्र्याउन खोज्ने भारतीय नागरिक सीमावर्ती पानीट्यांकीस्थित नयाँ

संविधान संशोधन गरेर ब्रिटिश गोर्खाहरुलाई वंशजको नागरिकता दिन माग

काठमाडौं ,१९ असोज। ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन

झलनाथ खनालले नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा

काठमाडौं, । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गर्नु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन