खेलाडीलाई प्रोत्साहन गर्न वडाले गर्याे भव्य सम्मान कार्यक्रम

खेल क्षेत्रको विकासका लागि प्रदिप गुरुङको अध्यक्षतामा ९ सदस्यीय खेलकुद समिति गठन

दमक,१० जेठ ।‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ ऐतिहासिक आम्बारी खेल मैदानमा भव्य रूपमा सम्पन्न भएको दोस्रो दमक खेलकुद महोत्सवमा वडा नम्बर ५ ले ऐतिहासिक सफलता हात पारेको छ। नगरका १० वटै वडालाई पछि पार्दै वडा नम्बर ५ क्रिकेट प्रतियोगितामा च्याम्पियन र फुटबलमा उपविजेता बन्न सफल भएको हो।
यसै ऐतिहासिक सफलताको खुसीयालीमा दमक वडा नम्बर ५ कार्यालयले शनिबार एक भव्य कार्यक्रमको आयोजना गरी आफ्ना विजयी खेलाडीहरूलाई माया र सम्मान सहित भव्य सम्मान गरेको छ। वडाको आफ्नै आँगनमा सम्मानित हुन पाउँदा खेलाडीहरूमा बेग्लै उत्साह र खुसी छाएको थियो।

खेलाडीहरूको सीप र संस्थागत विकासलाई थप मजबुत बनाउन वडाले प्रदिप गुरुङको अध्यक्षतामा ९ सदस्यीय ‘खेलकुद समिति’ समेत गठन गरेको छ। समितिको उपाध्यक्षमा बादल माझी, सचिवमा कपिल धिमाल, कोषाध्यक्षमा दिपेन गुरुङ र सह–सचिवमा रेजिना राई चयन हुनुभएको छ।सदस्यहरु पवन ओली,रेश धिमाल,प्रकाश चन्द्र नेपाल र रकछिप बुढाथोकी हुनुन्छ। यो आधिकारिक समिति गठन भएसँगै आगामी दिनमा खेलाडीहरूलाई खेल अभ्यास र प्राविधिक सहयोग जुटाउन ठूलो मद्दत पुग्ने अपेक्षा राखिएको छ।

खेलाडीहरूले खेल मैदानमा बगाएको पसिनाको कदर गर्दै वडा सदस्य खड्ग बहादुर राईले खेलमा हार र जित स्वाभाविक प्रक्रिया भएको बताउनुभयो। उहाँले फुटबलमा दोस्रो स्थान हासिल गरे पनि त्यसलाई जितकै रूपमा लिएर अघि बढ्न खेलाडीहरूलाई आग्रह गर्नुभयो। “खेलमा हार र जित दुवै हुन्छ। दोस्रो दमक खेलकुद महोत्सवको फुटबलमा हाम्रा खेलाडीहरू दोस्रो भए पनि यसलाई हामीले जितकै रूपमा लिनुपर्छ। क्रिकेट प्रतियोगितामा प्रथम भएर आउँदा हामीलाई निकै खुसी लागेको छ, खेलाडीहरूको यो उत्कृष्ट प्रस्तुतिको प्रशंसा गर्न चागर्नु भएको छ।

खेल महोत्सवलाई थप व्यवस्थित र नेपालकै एउटा नमुना खेलकुद उत्सवका रूपमा विकास गरिएको दाबी सरोकारवालाहरूले गरेका छन्। नगर खेलकुद विकास समितिका अध्यक्ष भीम केसीले दमकको यो खेल महोत्सव नेपालकै उत्कृष्ट खेल अभियान भएको दाबी गर्नुभयो। साथै उहाँले आगामी दिनमा अझ धेरै विधाका खेलहरू थप गर्दै शारीरिक रूपमा फरक क्षमता भएका नागरिकहरूका लागि अपाङ्गतामैत्री खेलहरू समेत समावेश गर्ने प्रतिबद्धता जनाउनुभएको छ। खेलाडीहरूलाई आगामी दिनमा अझ बढी मिहिनेतका साथ उत्कृष्ट रूपमा प्रस्तुत हुन आग्रह गर्नु भएको छ।

खेलाडीहरूको अथक मिहिनेत, अनुशासन र वडाप्रतिको समर्पणले नै आज दमक वडा नम्बर ५ को शिर उच्च भएको भन्दै वडाध्यक्ष इन्द्र गुरुङले खेलाडीहरूलाई धन्यवाद सहित बधाई ज्ञापन गर्नुभएको छ। वडाध्यक्ष गुरुङले खेलाडीहरूको सुख–दुःख र खेल क्षेत्रको वृत्तिविकासमा वडा कार्यालय सधैँ अभिभावक बनेर साथमा रहने भरोसा दिलाउनुभयो।

खेलमा हार र जित त एउटा पाटो मात्रै हो। आजको खेलबाट पाठ सिकेर भोलि मैदानमा अझ उत्कृष्ट प्रदर्शन गर्छु भन्दै दृढ संकल्पका साथ अगाडि बढ्नु नै एक सच्चा खेलाडीको वास्तविक सफलता हो। वडा कार्यालयले देखाएको यो उत्साहजनक तत्परता र खेलाडी सम्मानको परम्पराले पक्कै पनि दमकका नवप्रतिभाहरूलाई आगामी दिनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल मैदानसम्म पुग्न गतिलो हौसला र ऊर्जा मिल्ने देखिन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा

जनस्वास्थ्य सुधारका लागि सुर्तीजन्य पदार्थमा भारी कर वृद्धिको माग

काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत

बागमती नदीमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

सर्लाही,१० जेठ । रौतहट र सिन्धुलीको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत अवस्थामा फेला परेका छन्।

मौसम परिवर्तनसँगै त्वचामा समस्या ? ग्लोरी ब्युटी पार्लरमा विशेषज्ञद्वारा ’स्किन टेस्ट’ सेवा

दमक,१० जेठ ।सुन्दरता—चाहे महिला होस् या पुरुष, सबैको व्यक्तित्वको एउटा आकर्षक पाटो हो। सुन्दर देखिने चाहना र हतारोमा हामी कतिपय अवस्थामा जानी–नजानी ठूला गल्तीहरू गरिरहेका

सगरमाथामामा पुगेर यसरि आफ्नो खु : शी साट्दै सेन्साई पेमा वाइबा

सोलुखुम्बु,१० जेठ । नेपाली हिमाल आरोही, फिल्ममेकर तथा हिमाली कथाकार सेन्साई पेमा वाइबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो पटक सफल आरोहण गर्नु भएको छ ।