मौसम परिवर्तनसँगै त्वचामा समस्या ? ग्लोरी ब्युटी पार्लरमा विशेषज्ञद्वारा ’स्किन टेस्ट’ सेवा

दमक,१० जेठ ।सुन्दरता—चाहे महिला होस् या पुरुष, सबैको व्यक्तित्वको एउटा आकर्षक पाटो हो। सुन्दर देखिने चाहना र हतारोमा हामी कतिपय अवस्थामा जानी–नजानी ठूला गल्तीहरू गरिरहेका हुन्छौँ। बदलिँदो मौसम र हाम्रो खानपानका कारण छालामा विभिन्न समस्याहरू त आउँछन्, तर आफ्ना लागि कुन उत्पादन सही हो भन्ने ज्ञान नहुँदा महँगा प्रोडक्टले पनि उल्टो असर गरिरहेको हुन्छ। यही गम्भीर समस्याको समाधान र सही परामर्श लिएर आएको छ— दमकको ग्लोरी ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर (द ब्युटी वल्र्ड पार्लर।

परिवर्तित मौसमसँगै हाम्रो छालामा स–साना दाग, सुख्खापन वा चिल्लोपना जस्ता अनेकौँ समस्या देखिनु सामान्य जस्तै भइसकेको छ। तर, आफ्नो छालाको प्रकार थाहै नपाई बजारमा उपलब्ध महँगा र जथाभाबी ’ब्युटी प्रोडक्ट’ प्रयोग गर्दा अनुहार झन् बिग्रिने र कतिपय अवस्थामा दीर्घकालीन असर पर्ने जोखिम उच्च रहन्छ।

विज्ञहरूका अनुसार छालाको परीक्षण नगरी कुनै पनि कस्मेटिक सामान प्रयोग गर्नु भनेको रोग थाहा नपाई औषधि खानु जस्तै हो। छालाको भित्री स्वास्थ्य कस्तो छ, कुन समस्याका लागि कस्तो ट्रिटमेन्ट चाहिन्छ भन्ने कुरा आधुनिक मेसिनबाट ’स्किन टेस्ट’ गरेपछि मात्रै सहजै पत्ता लाग्छ। यही संवेदनशीलतालाई मध्यनजर गर्दै दमकको ग्लोरी ब्युटी पार्लरले हालै विशेष स्किन टेस्ट क्याम्पको आयोजना ग¥यो, जहाँ सेवाग्राहीको छालाको सटिक पहिचान गर्न काठमाडौँबाट ’ओरिफ्लेम नेपाल’का विशेषज्ञहरू आमन्त्रण गरिएको थियो। छालाको परीक्षण र सही केयरबारे ओरिफ्लेम नेपालकी विशेषज्ञ समझना केसी यस्तो भन्नुहुन्छः

विगत लामो समयदेखि ग्राहकको रोजाइमा पर्दै आएको ग्लोरी ब्युटी पार्लर केवल सेवा लिने थलो मात्र होइन, ब्युटिसियन बनेर सुन्दर भविष्य कोर्न चाहनेहरूका लागि एउटा उत्कृष्ट ’ट्रेनिङ सेन्टर’ पनि हो। यहाँ पार्लर सम्बन्धी सम्पूर्ण एड्भान्स कोर्सहरू अत्यन्तै व्यावसायिक र आत्मीय वातावरणमा सिकाइन्छ। विशेष गरी क्भ्भ् र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै यहाँ अहिले विशेष ’नेल आर्ट’ तथा ’नेल एक्सटेन्सन’ कक्षाहरू पनि भइरहेका छन्।
यहाँ सिकेका दक्ष जनशक्तिहरू नेपालमै आफ्नै व्यवसाय गरेर आत्मनिर्भर मात्र भएका छैनन्, वैदेशिक रोजगारी र अन्तर्राष्ट्रिय करियरका लागि समेत पूर्ण रूपमा सक्षम भइरहेका छन्। यहाँ सीप मात्र होइन, ग्राहकसँग गरिने शिष्ट व्यवहार र व्यावसायिक ’कस्टुमर सर्भिस’का कला समेत सिकाइन्छ।
ग्लोरी ब्युटी पार्लरमा पार्लर कोर्ष सिक्दै गरेकी विद्यार्थी उपस्ना नेउपाने आफ्नो अनुभव यसरी साट्नुहुन्छः

विज्ञको प्रत्यक्ष निगरानीमा गुणस्तरीय सेवा पाइने भएकैले यहाँ दमक आसपास मात्र नभई टाढा–टाढाबाट सेवाग्राही र विदयार्थीहरू आउने गरेका छन्। शिवसताक्षीबाट विशेष गरी ’नेल एक्सटेन्सन’ सेवा लिन आउनु भएकी माया पोखरेल यहाँको सेवा र आतिथ्यताबाट निकै प्रफुल्ल देखिनुहुन्थ्यो।

विद्यार्थीहरू पूर्ण रूपमा दक्ष र सफल नभएसम्म निरन्तर सिकाइरहने प्रतिबद्धता बोकेको ग्लोरी ब्युटी पार्लरले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने दाबी गर्छ। सेवाग्राहीको सुविधा र चासोलाई ध्यानमा राख्दै पार्लरले आफ्ना सम्पूर्ण ’कस्टुमर सर्भिस’हरूमा विशेष २० प्रतिशत सम्झौता अर्थात् छुटको समेत व्यवस्था गरेको छ।
पार्लरकी सञ्चालिका गिता लिम्बु भन्नुहुन्छ, सुन्दर देखिने चक्करमा गल्ती गर्नुभन्दा एक पटक विशेषज्ञसँग छाला परीक्षण गराएर मात्रै सही केयर गर्नु बुद्धिमानी हुन्छ।

शरीरको आन्तरिक स्वास्थ्यसँगै बाह्य सुन्दरता र छालाको हेरचाहमा सधैँ सजग रहन आवश्यक छ। यदि तपाईं पनि आफ्नो छालालाई प्राकृतिक रूपमा स्वस्थ, चम्किलो र सुन्दर राख्न चाहनुहुन्छ, तथा ब्युटी क्षेत्रमा एउटा सफल र व्यावसायिक करियर बनाउन चाहनुहुन्छ भने आजै दमकको ग्लोरी ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर (द ब्युटी वल्र्ड लाई सम्झनुहोस्। जहाँ प्रविधि, विशेषज्ञता र आत्मीय सेवाको अनुपम सङ्गम छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा

जनस्वास्थ्य सुधारका लागि सुर्तीजन्य पदार्थमा भारी कर वृद्धिको माग

काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत

बागमती नदीमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

सर्लाही,१० जेठ । रौतहट र सिन्धुलीको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत अवस्थामा फेला परेका छन्।

मौसम परिवर्तनसँगै त्वचामा समस्या ? ग्लोरी ब्युटी पार्लरमा विशेषज्ञद्वारा ’स्किन टेस्ट’ सेवा

दमक,१० जेठ ।सुन्दरता—चाहे महिला होस् या पुरुष, सबैको व्यक्तित्वको एउटा आकर्षक पाटो हो। सुन्दर देखिने चाहना र हतारोमा हामी कतिपय अवस्थामा जानी–नजानी ठूला गल्तीहरू गरिरहेका

सगरमाथामामा पुगेर यसरि आफ्नो खु : शी साट्दै सेन्साई पेमा वाइबा

सोलुखुम्बु,१० जेठ । नेपाली हिमाल आरोही, फिल्ममेकर तथा हिमाली कथाकार सेन्साई पेमा वाइबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो पटक सफल आरोहण गर्नु भएको छ ।