होर्मुज जलमार्गमा इरानको कडा नियन्त्रण

काठमाडौं,११ जेठ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले पछिल्लो २४ घण्टामा थप ३३ वटा जहाज होर्मुज जलमार्ग मध्य पार गरेको जनाएको छ । ती जहाजहरूले आइआरजीसीको समन्वय र अनुमति लिएर सुरक्षित रूपमा मार्ग प्रयोग गरेको बताइएको छ ।
आइआरजीसीको आधिकारिक समाचार माध्यम मार्फत जारी वक्तव्यमा तेल ट्यांकर, व्यापारिक तथा कन्टेनर जहाजहरू जलमार्ग पार गरेको उल्लेख गरिएको छ । ती जहाजहरूको सुरक्षाको जिम्मा आइआरजीसी नौसेनाले लिएको पनि जनाइएको छ ।

आइआरजीसी नौसेनाले अमेरिका विरुद्धको आक्रमण पछि क्षेत्रमा उत्पन्न असुरक्षाको अवस्थालाई ध्यानमा राख्दै होर्मुज जलमार्ग स्मार्ट नियन्त्रण कायम गरिएको दाबी गरेको छ । नौ सेनाका अनुसार मंगलबारदेखि शनिबारसम्म कुल ११७ वटा जहाजले उक्त जलमार्ग प्रयोग गरेका छन् । साथै, जलमार्ग पार गर्नुअघि जहाजहरूले आफ्नो बलसँग समन्वय र अनुमति लिन अनिवार्य रहेको आइआरजीसीले स्पष्ट पारेको छ । इरानका सर्वोच्च नेताका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाईले आइतबार होर्मुज जलमार्गको व्यवस्थापन इरानको कानुनी अधिकार भएको बताउनु भएको छ । उहाँका अनुसार यो कदम स्वतन्त्र व्यापार रोक्न नभई राष्ट्रिय सुरक्षाका लागि सम्भावित सैन्य आक्रमण रोक्न लक्षित छ ।

त्यस्तै, इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाईले जलमागर्डको अवस्था युद्धअघिको जस्तो पूर्ण रूपमा नफर्किने बताउनु भएको छ । उहाँले हाल उक्त क्षेत्र इरानको नियन्त्रणमा रहेको र युद्ध अन्त्य भएपछि जहाज आवतजावत सहज बनाउन सकिने बताउनु भएको छ । रेजाईले इरानको युरेनियम संवद्र्धन कार्यक्रम कुनै पनि हालतमा वार्ताको विषय बन्न नसक्ने उल्लेख गर्दै अमेरिका इरानका शर्त स्वीकार गर्न बाध्य हुने दाबी गर्नु भएको छ ।
इरानले फेब्रुअरी २८ देखि होर्मुज जलमार्ग मार्ग आफ्नो नियन्त्रण थप कडा बनाएको हो। सोही दिन अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि इरानले अमेरिका तथा इजरायलसँग सम्बन्धित जहाजहरूको सुरक्षित आवतजावतमा प्रतिबन्ध लगाएको थियो।

यसैबीच अमेरिकाले पनि जलडमरूमध्य क्षेत्रमा नौसैनिक नाकाबन्दी कायम गर्दै इरानी बन्दरगाह आउने–जाने जहाजहरूको आवतजावतमा अवरोध सिर्जना गरिरहेको बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले