उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो।जिल्ला भूमि समस्या समाधान समितिका अनुसार सबैभन्दा धेरै रौतामाई गाउँपालिकाका ६५ परिवारले लालपुर्जा पाएका छन्। तीमध्ये ३९ भूमिहीन दलित र २६ भूमिहीन सुकुम्बासी परिवार छन्।त्यस्तै, बेलका नगरपालिकाका ४३, त्रियुगा नगरपालिका–५ का २७ र कटारी नगरपालिकाका ११ परिवारले लालपुर्जा प्राप्त गरेका छन्। त्रियुगा–५ मा २२ भूमिहीन दलित र पाँच भूमिहीन सुकुम्बासी तथा कटारीमा चार भूमिहीन दलित र सात भूमिहीन सुकुम्बासी परिवारले लालपुर्जा पाएका हुन्।

 

जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्षसमेत रहनु भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार हाल भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई प्राथमिकतामा राखेर लालपुर्जा वितरण भइरहेको छ। यसअघि गठन भएका भूमि आयोगले तयार पारेका लालपुर्जा आवश्यक कानुनी प्रक्रिया पूरा गरी वितरण गरिएको उहाँले बताँउनु भयो।शाहीका अनुसार भूमिहीन परिवारलाई घरबास तथा कृषि प्रयोजनका लागि न्यूनतम चारदेखि पाँच धुर र अधिकतम छ कट्ठासम्म जग्गा उपलब्ध गराइएको छ। जिल्लामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको यकिन तथ्यांक भने अझै संकलन भइसकेको छैन।उहाँले जिल्लामा भूमिहीन दलित र सुकुम्बासीभन्दा अव्यवस्थित बसोबासीको समस्या ठूलो रहेको बताँउनु भयो। जिल्लाको भूमि समस्यामध्ये ६० प्रतिशतभन्दा बढी अव्यवस्थित बसोबासीसँग सम्बन्धित रहेको उल्लेख गर्दै उहाँले उनीहरूको जग्गा व्यवस्थापन र लालपुर्जा वितरण प्रक्रिया तुलनात्मक रूपमा जटिल रहेको जानकारी दिनु भयो।

 

यसैबीच, चौदण्डीगढी नगरपालिकामा भने लालपुर्जा वितरणका विषयमा स्थानीय सरकार र जिल्ला समितिबीच फरक धारणा देखिएको छ। नगर प्रमुख कालुमान लामाले थोरै परिवारलाई मात्र लालपुर्जा वितरण गर्नुभन्दा नगरपालिकाभित्रका सबै भूमिहीन नागरिकको समस्या एकैपटक समाधान गर्नुपर्ने बताँउनु भएको छ।उहाँका अनुसार नगरपालिकाभित्र भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीको जग्गा नापजाँच गर्ने काम लगभग सम्पन्न भइसकेको छ। २० देखि २५ परिवारलाई मात्र लालपुर्जा दिएर अन्य नागरिकलाई पर्खाइमा राख्ने पक्षमा आफू नरहेको उहाँले बताँउनु भयो।

नगर प्रमुख लामाले चौदण्डीगढीमा झन्डै छ हजार सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नु भयो। सबैको समस्या समाधान हुने गरी एकीकृत रूपमा प्रक्रिया अघि बढाउनुपर्ने उहाँको भनाइ छ।तर, प्रमुख जिल्ला अधिकारी शाहीले चौदण्डीगढी नगरपालिकाका १७५ परिवारको लालपुर्जा तयार अवस्थामा रहेको जानकारी दिनु भयो। नगर प्रमुखसँग आवश्यक समन्वय गरेर ती लालपुर्जा पनि छिट्टै वितरण गर्ने तयारी भइरहेको उहाँले बताँउनु भयो।वर्षौंदेखि बसोबास र खेतीपाती गर्दै आएको जमिनको कानुनी स्वामित्व नपाउँदा समस्या भोगिरहेका भूमिहीन परिवारका लागि लालपुर्जा प्राप्ति महत्वपूर्ण उपलब्धि बनेको छ। यद्यपि, जिल्लामा ठूलो संख्यामा रहेका अव्यवस्थित बसोबासी तथा अन्य भूमिहीन परिवारको समस्या समाधान हुन अझै बाँकी छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक

भोजपुरमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रशासनको आग्रह

भोजपुर,२१ कार्तीक । जिल्ला प्रशासन कार्यालय भोजपुरले शुभ दीपावली पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । राति नौ बजे सम्म