जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर श्रेष्ठलाई लक्षित गरी रहस्यमय गतिविधि सुरु भएको छ।

जेठ ८ गते शुक्रबार बिहान श्रेष्ठलाई ‘सौरभ यादव’ को नाममा दर्ता रहेको चिनियाँ नम्बर बाट फोन आएको खुलेको छ। फोन गर्ने व्यक्तिले आफ्नो नाम ‘मिस्टर यिङ’ बताएका थिए। बेइजिङबाट बोलेको दाबी गर्ने उनले सांसद सुधन गुरुङविरुद्ध नेपालका सञ्चारमाध्यम परिचालन गरी नकारात्मक वातावरण बनाउने प्रस्ताव राख्दै भनेका थिए, उनी (सुधन) हाम्रा लागि ठीक छैनन्।”

प्रधानसम्पादक श्रेष्ठका अनुसार फोनमार्फत प्रलोभन दिने प्रयास असफल भएपछि उxfFलाई बदनाम गराउने अर्को प्रपञ्च रचियो। शुक्रबार अपराह्न ५:१२ बजे सानेपास्थित जनआस्था कार्यालयको गेटमा मास्क र कालो चस्मा लगाएकी एक अपरिचित युवती आइन्।

डिजिटल संवादमा ‘ह्वाइट क्रेन’ (सेतो सारस) नाम प्रयोग गर्ने ती युवतीले निलो प्लास्टिकको झोला गेटमा छाडेर गइन्। कार्यालयका कर्मचारीले उक्त झोला खोल्दा त्यहाँ एक बोतल रक्सी र ५० हजार रुपैयाँ नगद फेला परेको थियो। सामान छाडिएलगत्तै पुनः चिनियाँ नम्बरबाट फोन आएपछि श्रेष्ठले सामान फिर्ता लैजान र आइन्दा यस्ता वाहियात कुरा नगर्न कडा जवाफ दिएको बताएका छन्।

किशोर श्रेष्ठको भनाइ: “यो रास्वपा नेता रविले सुधनलाई फेरि गृहमन्त्री बन्नबाट रोक्न र मलाई बदनाम गराउन रचेको खेल हो। मलाई बदनाम गराउन कार्यालयको गेटमा पैसा र रक्सी छाड्ने प्रपञ्च मिलाइयो।”

यसैबीच, आइतबार मेकानिकल इन्जिनियर शैलेश साहको फेसबुक आईडीबाट एउटा भिडियो सार्वजनिक भयो। उक्त भिडियोमा सम्पादक श्रेष्ठ र ती अपरिचित व्यक्तिबीच भएका च्याटका स्क्रिनसटहरू राखिएका छन्, जहाँ श्रेष्ठले मैले ५० हजार र एउटा बोतल मात्रै पाएँ, समाचार भाइरल बनाइसकेँ” भनी लेखेको देखाइएको छ।

यसको खण्डन गर्दै श्रेष्ठले भने, त्यो च्याटको स्क्रिनसट पूरै फेक र एडिटेड हो। फोनमा आवाज मेरै भए पनि गलत अर्थ लाग्ने गरी काँटछाँट गरिएको छ। तथ्यको खण्डन गर्न नसकेपछि मिडिया हाउसलाई बदनाम गर्न रचिएको घिनलाग्दो षड्यन्त्र हो।”

निवर्तमान गृहमन्त्री सुधन गुरुङ पछिल्लो समय गम्भीर विवादमा छन्:

सम्पत्ति शुद्धीकरण लगायतका शंकास्पद कारोबारमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका दीपक भट्ट समूहको लगानी र सम्पत्तिको स्रोत पारदर्शी नभएपछि उनले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो।

निर्वाचन आयोग र सरकारसमक्ष बुझाएको उनको सम्पत्ति विवरण फरक–फरक भेटिएको छ।

जेनजी आन्दोलन’ का नेतृत्वकर्ता गुरुङको ‘हामी नेपाल’ संस्थाको गतिविधि र ‘फ्री तिब्बत’ मुभमेन्टसँगको सम्बन्धमाथि समेत प्रश्न उठेको छ।

सरकारले उनको सम्पत्तिको स्रोत छानबिन गर्न आयोग गठन गरिसकेको छ, यद्यपि आयोगको कार्यक्षेत्र मन्त्रीको रूपमा सार्वजनिक सम्पत्तिमा मात्रै सीमित छ कि ‘हामी नेपाल’ को सम्पत्तिमा पनि, सो स्पष्ट भइसकेको छैन।

प्रधानसम्पादक श्रेष्ठले शुक्रबार नै प्रहरीका उच्च अधिकारीहरूलाई यसबारे जानकारी गराएका] atfPsf  छन्। हाल जिल्ला प्रहरी कार्यालय ललितपुरले सीसीटीभी फुटेजको आधारमा गेटमा सामान छाडेर भाग्ने मास्कधारी युवतीको खोजी गरिरहेको छ भने सामाजिक सञ्जालमा भ्रमपूर्ण अडियो र स्क्रिनसट फैलाउनेहरूविरुद्ध साइबर ब्युरोमा समेत जानकारी गराइएको hgfPsf] छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले