अनुसन्धान जारी

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाही,१२ जेठ । सर्लाही प्रहरीले भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुमवासी टोलका अन्दाजी ३८ वर्षीय बुद्धिमान घलान रहेका छन् । प्रहरीका अनुसार सोमबार बिहान बरहथवा नगरपालिका–१२ लौकट टोल क्षेत्रमा केही अपरिचित व्यक्तिहरू भरुवा बन्दुक बोकेर हिँडिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरबाट संयुक्त रूपमा प्रहरी टोली परिचालन गरिएको थियो ।

 

खोजतलासका क्रममा तिन चार जनाको समूहले भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि भाग्ने प्रयास गरेको प्रहरीले जनाएको छ । सो क्रममा बुद्धिमानलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ भने अन्य व्यक्तिहरू भने फरार भएका छन् । पक्राउ परेका घलानमाथि तत्काल खानतलासी गर्दा उनको साथबाट भरुवा बन्दुक एक थान, बन्दुकमा प्रयोग हुने फलामको रड एक थान, प्लास्टिकको डब्बासहित ३५ ग्राम कालो धुलो पदार्थ, स्टिलको डब्बासहित १४० ग्राम कालो धुलो पदार्थ, साइकलमा प्रयोग हुने फलामका बल ८० थान तथा फलामको रडका टुक्रा पाँच थान बरामद गरिएको छ ।

 

बरामद सामग्री स्थानीय व्यक्तिको रोहवरमा मुचुल्का गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका घलानमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बरहथवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले