किसानको समस्या समाधान गर्न सांसद अमरेश सिंहको माग

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले उखु किसानको भुक्तानी र मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले चिनी उद्योगहरूले अझैसम्म उखु किसानलाई भुक्तानी दिन नसकेको बताउनु भएको हो । उहाँले सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत किसानले समयमै पाउन नसकेको उल्लेख गर्दै छिटो भुक्तानीको व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उखु किसानको अहिलेसम्म चिनी मिलले पैसा दिन सकेको छैन । सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन् यसमा मैले सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । चाँडै उखु किसानको भुक्तानी होस् । सरकारले दिने रकम पनि चाँडै उपलब्ध होस् किसानलाई । अब रोपाईंको सिजन सुरु हुने बेला छ । प्रर्याप्त मलको व्यवस्था सरकारले समयमा गरोस् । अहिलेसम्म मलको उपलब्धता हुन सकिरहेको छैन । १०,१५ दिनपछि रोपाईको सिजन सुरु हुन्छ ।’

उहाँले उखु किसानले पाउनुपर्ने रकम तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गर्दै अब रोपाइँको सिजन सुरु हुन लागेकाले आवश्यक मलको व्यवस्था समयमै गर्नुपर्ने बताउनु भयो ।

सांसद सिंहले हालसम्म पर्याप्त मल उपलब्ध हुन नसकेको उल्लेख गर्दै आगामी १०–१५ दिनभित्र रोपाइँ सुरु हुने भएकाले किसानलाई समस्या नपर्ने गरी मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षामन्त्री भन्नुहुन्छ,दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

कर्णाली १८ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दशौं खेलकुदको मूल आयोजक समितिको

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय

अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

काठमाडौं ,१८ असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे अमेरिकाले चाँडै निर्णय लिने बताएका छन् । उनले इरानसँगको विषय ‘सजिलो वा कठिन बाटो’ मध्ये कुनै एकबाट

गठबन्धन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनायो

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक