जनकपुर ,८ मंसिर। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामदेखि भारतको अयोध्यासम्म हवाई सेवा सुरु हुनु पर्नेमा जोड दिनु भएको छ।अयोध्याबाट जनकपुरधाम आईपुगेको सरयू कमला रेलका यात्रुहरुका निम्ति राखिएको स्वागत समारोहमा बोल्दै मुख्यमन्त्री यादवले दुबै देशका प्रधानमन्त्रीलाई जनकपुरधामदेखि अयोध्यासम्म हवाई सेवा सुचारु गर्न आग्रह गर्नु भयो ।
उहाँले वर्षौ देखिको सपना आज साकार भएको बताँउनु भयो । सीमानाकाबाट आउने तीर्थालु भक्तजनहरुको सहजताका निम्ति २४ घण्टासम्म सवारीसाधनमा भन्सार निःशूल्क गर्नुपर्ने मुख्यमन्त्री यादवको भनाई छ ।भारतीय सवारीसाधनलाई नेपाल भित्रिँदा धेरै समस्या हुने गरेको देखिएको उहाँले सुनाँउनु भयो । मुख्यमन्त्री यादवले केही वर्ष अघि गृहमन्त्री रवि लामिछाने जनकपुरधाम आएका बेला आफूले यस कुराको जानकारीसमेत गराएको बताँउनु भयो।मुख्यमन्त्री यादवले छोटी भन्सारलगायतका समस्याहरु यथावत रहेकोले यसलाई सामाधान गर्न सुझाव दिनु भयो । आज भारतबाट नेपाल र नेपालबाट भारत आवतजावत गर्न असहज हुने गरेका कारण छेका, विवाह, व्रतवन्ध जस्ता कार्यक्रमहरु पनि कम हुन लागेको मुख्यमन्त्री यादवले बताँउनु भयो ।










