प्रहरी हिरासतमा विश्वकर्माको मृत्यु प्रकरण

हत्यालाई आत्महत्या प्रमाणित गर्न खोजेको आमाको गम्भीर आरोप

काठमाडौं,१२ जेठ । श्रीकृष्ण विश्वकर्माकी आमा विन्दमया विश्वकर्माले आफ्नो छोराको हत्यालाई आत्महत्या प्रमाणित गर्न खोज्नुले राज्यको बदनियत भएको आरोप लगाउनु भएको छ। मंगलबार काठमाडौंमा जेनजी युनाइटेडले आयोजना गरेको कार्यक्रममा विश्वकर्माले प्रहरीको हिरासतमा हत्या गरिएको दबी गर्दै दोषि बचाउने षड्यन्त्र भएको जिकिरसमेत गर्नु भएको छ।
सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७ वैशाखमा ज्यान गुमाएका श्रीकृष्ण विश्वकर्माकी आमा विन्दमायाले एक महिना वितिसक्दा पनि आफूले न्याय नपाएको भन्दै राज्यको नियत माथि प्रश्न गर्नु भएको छ ।
एक महिना देखि माइतिघर माण्डलामा धर्ना बस्दैगर्दा आत्महत्या भएको पोष्टमार्टम रिपोर्ट भन्ने हल्लाले झनै पीडा भएको विन्द मायाले बताउनु भयो । ‘छोराको न्यायको लागि झरीमा भिज्दै गुहार माग्दै गर्दा, अब त न्याय ‘आकाशको फल आँखा तरी मर’ जस्तैः पो भयो, अब म कहाँ जाउँ ।’

‘ड्युटीमा खटिएका प्रहरीलाई निलम्बन गरियो भन्ने सुनिन्छ, मेरो छोराको हत्या गरे, के उनिहरुलाई निलम्बन गरेर मात्रै पुग्छ,’ विन्दमायाले प्रश्न गर्नु भयो ।
जेनजी यूनाइटेडका संयोजक जनक परियारले घटना भएको एक महिना वितिसक्दा पनि पीडितले न्याय नपाउनु दुःखत विषय भएको बताउनु भयो । ‘एकातिर हत्यालाई आत्महत्यामा प्रमाणित गर्ने कोशिष हुँदैछ, अर्कातिर घटना प्रतिवेदन सार्वजनिक गर्न ढिलाईले निकै आशंका पैदा भएको छ’, परियारले भन्नु भयो।
श्रीकृष्ण विक जस्तै हजारौं युवाहरु कथित जात व्यवस्थाको जाँतोमा पिसियर मर्नुपर्ने अवस्था रहेको बताउँदै परियारले प्रश्न गरे, ‘के दलितहरुको ज्यान सस्तो छ, के राज्यको ऐन–कानुन ठूलाको संरक्षणका लागि मात्रै हो ?’
वर्तमान सरकारले ऐन–कानुनलाई लत्याउँदै अघि बढेर जनविरोधी कार्य गर्न उद्दत रहेकोप्रति परियारले आक्रोश व्यक्त गर्नु भयो।

‘संसद छलेर अध्यादेश ल्याउने, सांसदहरुको प्रश्नहरुको जवाफबाट प्रधानमन्त्री भागेर हिंड्ने, सर्बोच्चको आदेशलाई लत्याएर सुकुम्बासी बस्तीमा डोजर चलाउने आखिर यो सरकार कता जाँदैछ,’ परियारले प्रश्न गर्नु भयो ।
श्रम–संस्कृति पार्टीका युवा नेता निर्मल परियारले श्रीकृष्ण विकको हत्या, चितवनका सुजन विककी श्रीमतिको अस्पतलमा डाक्टरको लापरबाहीले गर्दा मृत्यु जस्ता प्रकरणमाथि राज्य मौन रहेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । सरकारले गैरन्यायीक तबरबाट सुकुम्बासी बस्ती हटाएको भन्दै सरकारविरुद्ध संघर्ष गर्नुपर्नेमा परियारको जोड छ । परियारले देशका पुराना सबै दलहरु असफल भइसकेकाले आफ्नो पार्टी र अध्यक्ष हर्क साम्पाङ राईको विकल्प नरहेको जिकिरसमेत गर्नु भयो।
रामराज्य परिषद्का अध्यक्ष जगत बहादुर थापाले देशमा आजको समयमा पनि जातिय विभेदका कारण श्रीकृष्ण विक जस्तै युवाहरुले अकालमा ज्यान गुमाउनु परेको बताउनु भयो । थापाले घटनाको निष्पक्ष छानविन गरेर दोषिलाई तत्काल कारबाही तथा पीडितलाई न्याय दिनुपर्ने माग गर्नु भयो।
सामाजिक अभियान्ता उमेश रम्तेलले महिना दिनसम्म पनि मृतकको परिवारले लास नबुझेको अवस्थामा राज्यले वास्तविकता लुकाएको आरोप लगाउनु भयो।

‘आत्महत्या गरेको भनेर ‘पोस्टमार्टम’ रिपोर्ट आएको छ, रास्वपा सांसद खगेन्द्र सुनार न्याय दिन्छु भनेर परिवारलाई झुटो अस्वासन बाँढेका छन्, अव कसरी न्याय हुन्छ,’रम्तेलले प्रश्न गर्नु भयो ।
‘यस्तो अवस्थामा अब हामीले रास्वपा पार्टी कार्यालय कि बालुवाटारमा धर्ना दिने, अब पनि राज्यले सुनेन भने भोलिदेखि सिंहदरबारमा जेनजी युनाइटेडको नेतृत्वमा धर्ना दिननपरोस,’ रम्तेलले आक्रोश व्यक्त गर्नु भयो।
जेनजी स्मृति राईले वर्तमान सरकार संविधान भन्दामाथि जस्तै भएर अगाडि बढेको भन्दै संघर्षलाई जोड दिनुपर्ने बताउनु भयो।
वैदिक सनातन स्वतन्त्र साधु भोला अधिकारीले देशमा विदेशी धर्मसंस्कृतिको प्रभावले देश विग्रिदै गएको भन्दै चिन्ता व्यक्त गर्नु भयो। राष्ट्र राष्ट्रियता स्वतन्त्र बचाउ अभियानका विष्णु सिं डंगोलले पीडितले तत्काल न्याय पाउनुपर्ने धारणा राख्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक