इतिहास रच्चियो: माङसेबुङ बन्यो लिम्बू भाषालाई सरकारी कामकाजमा ल्याउने नेपालकै पहिलो पालिका

इलाम, वैशाख २०८३ । नेपालको सुदूरपूर्वी पहाडी जिल्ला इलामको माङसेबुङ गाउँपालिका रैथाने पहिचान र भाषा अधिकार संरक्षणको क्षेत्रमा देशकै पहिलो ऐतिहासिक पालिका बनेको छ । गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बहुसंख्यक नागरिकले बोल्ने ‘लिम्बू भाषा’ ९किरात सिरिजङ्गा लिपि० लाई सरकारी कामकाजको भाषाका रूपमा औपचारिक कार्यान्वयनमा ल्याएको हो ।

नेपालको आधुनिक इतिहास र संघीयता कार्यान्वयनको सन्दर्भमा यो कदमलाई अत्यन्तै महत्त्वपूर्ण र दूरगामी महत्वको घटनाका रूपमा हेरिएको छ ।

१। औपचारिक घोषणा र ऐतिहासिक पृष्ठभूमि

माङसेबुङ गाउँपालिकाको २०८३ वैशाख ११ गते बसेको ६६औँ कार्यपालिका बैठकले पालिकाभित्र लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा लागू गर्ने ऐतिहासिक निर्णय गरेको थियो ।

सोही निर्णयलाई मूर्तरूप दिँदै मंगलबार आयोजित एक विशेष र भव्य समारोहका बीच कोसी प्रदेशका प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा यसको औपचारिक सुरुवात गरियो । समारोहमा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले ‘लिम्बू भाषा’ कामकाजको भाषाको रूपमा लागू भएको आधिकारिक घोषणापत्र वाचन गरेर सेवा शुभारम्भ भएको घोषणा गर्नुभयो ।

 

यो घोषणा केवल सांकेतिक मात्र होइन, यसलाई पूर्ण रूपमा प्रशासनिक प्रक्रियामा व्यवहारिक अभ्यासमा उतारिने गाउँपालिकाले जनाएको छ । अबदेखि माङसेबुङ गाउँपालिका र त्यस मातहतका सबै वडा कार्यालय तथा सरकारी निकायहरूमास् सरकारी कार्यालयका मुख्य पहिचान बोर्डहरूमा नेपाली भाषाका साथै लिम्बू भाषा र किरात सिरिजङ्गा लिपि अनिवार्य रूपमा प्रयोग गरिनेछ । कार्यालयले प्रयोग गर्ने आधिकारिक लेटरप्याड, छाप र मूख्य प्रशासनिक फरम्याटहरू दुवै भाषामा उपलब्ध हुनेछन् । त्यस्तै सर्वसाधारणले भर्ने निवेदन, फाराम तथा अन्य महत्त्वपूर्ण सरकारी कागजातहरू नेपाली र लिम्बू दुवै भाषामा तयार पारिनेछ, जसले गर्दा स्थानीय नागरिकलाई आफ्नै मातृभाषामा सेवा लिन सहज हुनेछ ।

नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकारको पूर्ण सदुपयोग गर्दै माङसेबुङले यो कदम चालेको हो । गाउँपालिका अध्यक्ष हेमन्त राईका अनुसार यो निर्णयका कानुनी आधारहरू निम्न छन्

नेपालको संविधानको धारा ३, ६, ७ ९२० तथा धारा ३२ ९१० ले सुनिश्चित गरेको भाषा तथा संस्कृति सम्बन्धी मौलिक हकको कार्यान्वयन । संविधानको अनुसूची–८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ फ १० बमोजिम स्थानीय तहलाई प्राप्त भाषा, संस्कृति र लिपि संरक्षण सम्बन्धी एकल अधिकारको प्रयोग ।

किरात धर्मावलम्बीहरूको सर्वोच्च आस्थाको केन्द्र तथा धार्मिक राजधानी मानिने माङसेबुङ लारुम्बा ले चालेको यो कदमले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक चरित्रलाई गाउँस्तरमै स्थापित गरेको छ ।

समारोहका वक्ताहरूका अनुसार, यस निर्णयले राज्यका निकायहरूमा रैथाने समुदायको अपनत्व बढाउनेछ भने पुस्तौँदेखि ओझेलमा परेको किरात सिरिजङ्गा लिपि र लिम्बू भाषाको संवर्द्धनमा क्रान्तिकारी टेवा पुर्‍याउनेछ । विविधता नै नेपालको सम्पत्ति हो भन्ने कुरालाई माङसेबुङले व्यवहारमै प्रमाणित गरेर मुलुकका अन्य स्थानीय तहहरूलाई समेत एउटा अनुकरणीय र मार्गदर्शक सुशासनको उदाहरण पेस गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षामन्त्री भन्नुहुन्छ,दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

कर्णाली १८ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दशौं खेलकुदको मूल आयोजक समितिको

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय

अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

काठमाडौं ,१८ असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे अमेरिकाले चाँडै निर्णय लिने बताएका छन् । उनले इरानसँगको विषय ‘सजिलो वा कठिन बाटो’ मध्ये कुनै एकबाट

गठबन्धन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनायो

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक