सुनकोसी–मरिण आयोजना रद्द भए मधेस आन्दोलित हुने सांसद झाको चेतावनी

काठमाडौं,८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आयोजना अलपत्र पार्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गर्नु भएको छ । उहाँले भन्नु भयो,‘ यो आयोजना रद्द भयो भने मधेस आन्दोलित हुनेबाहेक अर्को कुनै विकल्प हुँदैन ।’सार्वजनिक लेखा समितिको बैठकमा सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यमा भएको ढिलाइ र ठेक्का रद्द गरिएको विषयमा भएको छलफलका सन्दर्भमा सांसद झाले उक्त माग गर्नु भएको छ ।सांसद झाले सुनकोसी–मरिण डाइभर्सन मधेसका पाँच जिल्लाको कृषि तथा सिँचाइसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण आयोजना भएको उल्लेख गर्दै यसको निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्नु भयो । उहाँका अनुसार आयोजनाअन्तर्गत निर्माण गरिएको १३.३ किलोमिटर लामो सुरुङको ब्रेकथ्रु सन् २०२४ मे महिनामै भइसकेको भए पनि बाँधलगायतका संरचना निर्माणको काम अघि बढ्न सकेको छैन ।

 

उहाँले आयोजना निर्माणमा ढिलाइ हुनुको कारण, यसबाट भएको आर्थिक तथा कृषि क्षेत्रको सम्भावित क्षति र आगामी दिनमा आयोजना अघि बढाउने सरकारको योजनाबारे स्पष्ट जवाफ माग गर्नु भयो ।उहाँले भन्नु भयो, ‘यो प्रोजेक्ट रोकिँदा तराईका खेतमा पानी नपुगेर कति अवसर गुम्यो ? कतिवटा सिजनमा खेतले पानी पाएनन् ? कतिवटा खेती सिँचाइबिनै भए ? त्यो क्षतिको हिसाब कसले गर्ने ?एक लाख ८० हजार बिघामा पानी पुगेको भए कति खेती हुन्थ्यो ? उत्पादन कति हुन्थ्यो ?आयोजना रोकिएर अघि नबढ्नुको कारण के हो, के बदमासी देखियो र आगामी दिनमा यसलाई कसरी अघि बढाउने भन्ने तीनवटा कुरामा थप स्पष्टता चाहिएको छ । मधेससँग देखाउनलाई न हिमाल छ, न हामीसँग जलविद्युत् उत्पादन गर्ने स्रोत छ ।’

 

झाले आयोजना समयमै सम्पन्न हुन नसक्दा सिँचाइको अभावमा किसानले गुमाएको अवसर र उत्पादनको हिसाब सरकारले गर्नुपर्ने बताँउनु भयो । एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुगेको भए हुने कृषि उत्पादन र त्यसबाट प्राप्त हुने आर्थिक लाभको समेत मूल्यांकन हुनुपर्ने उहाँको भनाइ थियो ।यसैबीच, सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो ।

 

आयोजनाको ठेक्का रद्द गरिएको विषयमा समितिमा उजुरी परेको थियो । बोलपत्र प्रक्रियाका सबै चरण पूरा भई आर्थिक प्रस्ताव खोल्ने अवस्थामा पुगेपछि अन्तिम समयमा ठेक्का रद्द गरिएको उजुरीमा उल्लेख छ । ठेक्का रद्द गर्दा राज्यलाई आर्थिक क्षति पुग्नुका साथै आयोजना निर्माणमा थप ढिलाइ हुने दाबी उजुरीकर्ताले गरेका छन् ।बैठकमा नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारसम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि पनि छलफल भएको थियो । यस विषयमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसँग समेत छलफल गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भैरहवा विमानस्थल चल्नेमा आशासँगै कार्यान्वयनको चिन्ता

रुपन्देही,८ मंसिर । नेपाल–भारतबीच हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशा जगाएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र उत्साहित बनेको छ ।प्रधानमन्त्री बालेन्द्र

ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ

कन्काई , मंसिर ८ । लागूऔषध ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ परेका छन् ।आज मंगलबार दिउँसो १२ः३० बजे कन्काई नगरपालिका वडा नं.३ गोहीखाडीमा इलाका

कुमरखोद प्रहरी इन्चार्ज ढुङ्गाना ‘पुलिस अफ द मन्थ’ घोषित

झापा, ८ मंसिर । दक्षिणी सीमावर्ती नाकाबाट भित्रिने गरेको लागूऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएका इलाका प्रहरी कार्यालय कुमरखोदका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) सुबास

सुनकोसी–मरिण आयोजना रद्द भए मधेस आन्दोलित हुने सांसद झाको चेतावनी

काठमाडौं,८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आयोजना अलपत्र पार्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गर्नु भएको

भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह

भैरहवा,८ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुवैतर्फी सञ्चालन गर्ने विषयमा सहमति भएसँगै लुम्बिनी क्षेत्रमा उत्साह थपिएको

अयोध्या हवाई सेवा सुरु गर्न मुख्यमन्त्री यादवको आग्रह

जनकपुर ,८ मंसिर। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामदेखि भारतको अयोध्यासम्म हवाई सेवा सुरु हुनु पर्नेमा जोड दिनु भएको छ।अयोध्याबाट जनकपुरधाम आईपुगेको सरयू कमला

भारत भ्रमणमा बालेनः संसदमा चर्को अडान, मोदीसँगको वार्तामा लिपुलेकको प्रसंगै उठेन

काठमाडौँ,८ मंसिर । प्रधानमन्त्री बालेन शाहले कालापानी, लिपुलेकको सीमा विवादबारे सार्वजनिक रूपमा जे बोल्दै आँउनु भएको थियने, त्यसलाई भारतसँगको द्विपक्षीय वार्तामा उठाउन नसकेको खुलेको छ।