एमालेमा ओली बदल्ने कि पार्टिको संरचनागत समस्या ?

दमक,१४ जेठ। नेकपा एमालेभित्र अहिले नेतृत्व परिवर्तनको ’भुइँचालो’ गएको छ।

सचिवालय बैठकमै अध्यक्ष ओलीको राजीनामा मागिएको खबरले तरंग ल्याएको छ। तर प्रश्न के भने के एमालेको समस्या केवल एउटा व्यक्ति, ’केपी ओली’ मा मात्र सीमित छ? के अध्यक्ष फेरिँदैमा एमाले सुध्रन्छ?

सत्ता र शक्तिको वरिपरि घुमिरहेका पुराना अनुहारहरूको झुण्डले के साँच्चै एमालेलाई नयाँ गति देला ?

 

होइन, एमालेको समस्या एउटा ’कम्प्युटर’ मा भाइरस पसेको जस्तो होइन, जसले एउटा ’सफ्टवेयर’ फेर्दैमा ठीक हुन्छ। यहाँ त पुरै ’हार्डवेयर’ नै आउटडेटेड भइसकेको छ। आम नागरिकको चाहना ओलीको बहिर्गमन मात्र होइन, बरु एमालेको सिंगो सांगठनिक संरचनाको पूर्ण ’रिबुट’ हो।

 

दशकौँदेखि एउटै कुर्सीमा टाँसिएर बसेका नेतृत्वले अब ’अभिभावकत्व’ स्वीकार्ने बेला भइसकेको छ। अबको एमालेलाई ’बा’ वा ’काका’ को विरासतले होइन, ३० देखि ४५ वर्ष उमेर समूहका भिजनरी युवा नेतृत्वको खाँचो छ।

 

पुराना नेताहरूले कार्यकारी पद ओगटेर बस्ने प्रवृत्तिले एमालेलाई जर्जर बनाइसकेको छ। के पार्टीमा युवाहरूलाई मौका दिने साहस एमालेसँग छ? यदि साच्चै देश बदल्ने हो भने, पदाधिकारीको पुरानो ’सिन्डिकेट’ भत्काउनै पर्छ। नयाँ सिराबाट, नयाँ सोच र नयाँ पुस्तालाई सत्ता सुम्पिएर मात्रै एमाले पुनर्जीवित हुन सक्छ।

 

नेतृत्व परिवर्तन भनेको केवल ’कुर्सीको तानातान’ होइन, यो पुस्तान्तरणको लडाइँ हो। यदि एमालेले समयमै आफ्ना ’बुढा हाड’ फेर्न सकेन भने, इतिहासले यो पार्टीलाई संग्रहालयमा मात्र सीमित गर्नेछ।

 

एमालेका लागि प्रश्न छ ? के अब पनि पुराना अनुहारकै अनुकम्पामा रमाउने? कि नयाँ पुस्तालाई साँचो सुम्पिएर समयको गतिसँगै हिँड्ने?

समय घर्किसकेको छ, फैसला अब एमाले पंक्तिले नै गर्नुपर्छ!

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उद्योग वाणिज्य क्षेत्रका समस्या समाधान गर्न संसदीय समितिको पहल

काठमाडौं,१९ असोज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकार र

प्रधानमन्त्री र कांग्रेस नेता आङदेम्बे बीच भेटवार्ता

काठमाडौं,१९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नु भएको छ । सोमबार भएको भेटवार्तामा रसुवाका

मन्त्रिपरिषद्का पाँच निर्णय स् नर्वेबाट १० करोड अनुदानदेखि जेनजी आन्दोलनका मुद्दासम्म

काठमाडौं ,१९ असोज। मन्त्रिपरिषद्को गत असोज ९ गते बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दे सरकारका प्रवक्ता सस्मित

हतियारसहित काँकडभिट्टा नाकाबाट भारतीय नागरिक पक्राउ

झापा,असोज १९ । नेपालमा हतियार भित्र्याउन खोज्ने एकजना भारतीय पक्राउ परेका छन् । काँकडभिट्टा नाका हुँदै नेपालमा हतियार भित्र्याउन खोज्ने भारतीय नागरिक सीमावर्ती पानीट्यांकीस्थित नयाँ

संविधान संशोधन गरेर ब्रिटिश गोर्खाहरुलाई वंशजको नागरिकता दिन माग

काठमाडौं ,१९ असोज। ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन

झलनाथ खनालले नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा

काठमाडौं, । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गर्नु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन